Comments Add Comment

झुकेर अभिवादन गर्नुको बैज्ञानिक फाइदा के छ ?

हामी कसैलाई श्रद्धापूर्वक अभिवादन गर्दा शिर झकाउँछौं । आमाबुवा, गुरु आदिलाई खुट्टामा छोएर ढोक्ने हाम्रो संस्कार नै छ । अहिलेको आधुनिक युगमा यस किसिमको संस्कार क्रमस हराउँदै गएको छ । आधुनिक पुस्ताले यसलाई खासै महत्व दिएको छैन । न यसको कारण खोज्ने जाँगर नै देखाएका छन् ।

हामीले कसलाई अभिवादन गर्ने ?

जसलाई हामी हृदयबाट श्रद्धा गर्छौ, उसको सामुन्ने अभिवादन गर्छौ । कसैप्रति कृतज्ञता प्रकट गर्ने शैली पनि हो । आमा-बुवा, गुरु, मान्यजन वा आफ्नो लागि आदर्श कुनैपनि व्यक्तिप्रति हाम्रो श्रद्धा रहन्छ । र, उनीहरुको सम्मुखमा पर्दा हामी अभिवादन गर्छौ । अभिवादन गर्दा शिर झकाउने वा आफ्नो हातले खुट्टामा छोइदिने गरिन्छ । यसलाई ‘चरणस्पर्श’ भनिन्छ ।

के हुन्छ फाइदा ?

१.  हामी जब कसैलाई अभिवादन गर्छौ, हामीभित्र प्रेम, विनय, विनम्रता, करुणा, श्रद्धा भाव पैदा हुन्छ । यसले किसिमको भावले हामीलाई सधै सकारात्मक र उर्जावान बनाउँछ ।

२. अभिवादन गर्दा हामीभित्र रिस, आवेग, अंहकार कम भएर जान्छ । मानसिक विकार हट्छ ।

३. अभिवादन गर्दा वा कसैलाई प्रेमपूर्वक अंगालो हाल्दा एकअर्काप्रति सद्भाव जाग्छ । यसले भावनात्मक रुपले दुबैलाई जोड्ने काम गर्छ ।

४. कसैलाई झुकेर प्रणाम गर्दा वा चरण स्पर्श गर्दा हाम्रो शरीरको व्यायाम हुन्छ । रक्त प्रवाह राम्ररी हुन पाउँछ ।

चरण स्पशै किन ?

हामी आफ्ना मान्यजनलाई उसको खुट्टामा छोएर सम्मान प्रकट गर्छौं । यसको मनोवैज्ञानिक, शारीरिक फाइदा छन् ।

खासगरी ख्यातीप्राप्त व्यक्ति, जसलाई हामी आफ्नो जीवनको आदर्श ठान्छौं, उसको चरण स्पर्श गर्दा हामी स्वंमलाई फाइदा हुने वताइन्छ । के भनिन्छ भने, हरेक व्यक्तिको खुट्टामा उसको इनर्जी संचार भइरहेको हुन्छ । पूजनिय व्यक्तिको सकारात्मक इनर्जी आर्शिवादको रुपमा हाम्रो शरीरमा प्रवेश गर्छ । यसले हाम्रो आध्यात्मिक तथा मानसिक विकास हुन्छ ।

महान वैज्ञानिक न्युटनको नियम अनुसार संसारमा हरेक कुरा गुरुत्वाकर्षणले बाँधिएको हुन्छ । गुरुत्व भार सधै आकषिर्त गर्नेतर्फ जान्छ । यो कुरा हाम्रो शरीरमा पनि लागु हुन्छ ।

यदि हामीभित्र करुणा, प्रेम, ज्ञान, विवेक, श्रद्धा, समर्पण, मित्रता जस्ता गुण छ भने त्यसले स्वतः अरुलाई आकषिर्त गर्छ । यस्ता गुणले भरिपूर्ण व्यक्तिको चरण स्पर्श गर्दा त्यसले हाम्रो शरीरमा उर्जा पैदा गर्छ ।

खुट्टा छोएर श्रद्धा प्रकट गर्नु एक विज्ञान पनि हो, जसले हाम्रो शारीरिक, मानसिक र बैचारिक विकाससँग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment