Comments Add Comment

अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने

नविल र एसबीआईको एकाधिकार तोडियो


६ बैशाख, काठमाण्डौ । अष्ट्रेलिया अध्ययनका लागि जाने नेपाली बिद्यार्थीले अब क बर्गका जुनसुकै बाणिज्य वैंकबाट ऋण लिन सक्ने भएका छन् ।

अष्ट्रेलियाको सीमा सुरक्षा तथा अध्यागमन बिभागलाई उदृत गर्दै दिल्लीस्थित अष्ट्रेलियन हाइ कमिसनले दिएको जानकारी अनुसार अब नेपालका जुनसुकै क बर्गका बैंकबाट लिएको शैक्षिक ऋणलाई अष्ट्रेलियाले मान्यता दिने भएको छ ।

यसअघि नेपाली बिद्यार्थीले एसबीआई बैंक र नविल बैंकबाट लिएको ऋणलाई मात्र अष्ट्रेलियाले मान्यता दिँदै आएको थियो । पछिल्ला दिनमा नेपाली बिद्यार्थीप्रति नरम नीति अबलम्बन गरिरहेको अष्ट्रेलियाले जुनसुकै बाणिज्य वैंकबाट ऋण लिए मान्यता दिने गरी नीतिगत संसोधन गरेको हो । अष्ट्रेलियन हाइ कमिसनले भारतका सम्बन्धमा पनि यही नीति लिएको छ ।

हाल नेपालमा क बर्गका २८ वटा बाणिज्य वैंकहरु रहेका छन् । जुनसुकै बैंकबाट ऋण लिन पाउने ब्यबस्थापछि अब बिद्यार्थीहरुलाई ऋणका लागि थप विकल्पहरु खुला भएका छन् भने उनीहरुलाई सहजता पनि थपिने छ ।

‘हिजोका दिनमा नविल र एसवीआई बैंकबाट ऋण लिन सहज नभएपनि त्यहीँ जानुपर्ने अबस्था थियो’ नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले अनलाइनखबरसँग भने-ती बैंकले नपत्याइदिँदा कतिपय निकै राम्रा बिद्यार्थी पनि अष्ट्रेलियामा अप्लाई गर्न बञ्चित भएका थिए ।’

सवै बैंकलाई खुला गरिदिएपछि अब नेपाली बिद्यार्थीलाई थप सहजता भएको र आबेदनको संख्या बृद्धि हुने उनको भनाई छ ।

सन् २००९ अगाडी पनि अष्ट्रेलियाले सवै क बर्गका बैंकको कारोबारलाई मान्यता दिएको तर केही बैंकहरुले वास्तविक ऋण नदिएर कागजी ऋण प्रवाह गरेका कारण समस्या भई दुईवटालाई मात्र मान्यता दिएको पाण्डेले बताए ।

‘हिजोको स्थिति नआवोस् भन्नेतर्फ बैंकहरु पनि सचेत हुनुपर्छ, बिद्यार्थीले पनि कागजी ऋणमा जोड गर्नुहुन्न’ पाण्डेले भने- अष्ट्रेलियाले दिएको सहजतालाई हामीले दुरुपयोग हैन, उपयोग गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment