Comments Add Comment

तयार भयो उड्ने कार, कसरी चल्छ ?


अहिलेसम्म उड्ने कार भन्ने कुरा साइन्स फिक्सनको विषय मात्र रहेको थियो । दशकौँसम्म वैज्ञानिकहरुले साहित्यको यो कल्पनालाई यथार्थमा उतार्ने कोसिस गरिरहे ।
तर पोर्चुगलको एक प्रविधि कम्पनीले उड्ने कार बनाउन सफल भएको छ र अब छिटै यसलाई लञ्च गर्दैछ ।

कम्पनीले यसको परीक्षण गरेको छ । यसमा हवाइ तथा सडक यातायातको नियमको पनि ख्याल गरिएको छ ।

यो कारमा विमानमा जस्तै तिनवटा पांग्रा छन् । यसको माथि हेलिकप्टरमा जस्तै ब्लेडवाला फोल्डिङ पंखा रहेका छन् जसले कारलाई माथि हावामा उडाउँछ ।
पछिल्लो भागमा प्रोपेलर रहेको छ जसले कारलाई हावामा जोडसँग अगाडि बढाउँछ ।

सुरक्षाको दृष्टिले यसमा १ सय हर्सपावरका दुईवटा इन्जिन रहेका छन् । यो कार हावामा १७७ किलोमिटर प्रतिघण्टा तथा जमिनमा १६१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चल्न सक्दछ ।

यसलाई सडकबाट हावामा जानका लागि १० मिनेटको समय लाग्दछ । यो कारमा पाइलट समेत दुई जना बस्ने ठाउँ छ ।

यो कार चलाउनका लागि लाइसेन्स चाहिन्छ तर अहिले कार चलाइरहेको लाइसेन्सले काम गर्नेवाला छैन । कम्तिमा पनि २५ घण्टाको उडान अनुभव आवश्यक हुन्छ लाइसेन्स लिनका लागि ।

यो उड्ने कारको भाउ कति होला ? कम्पनीका अनुसार यसको बेसिक मोडेलको मूल्य ४ लाख डलर अर्थात् ४ करोड रुपैयाँ भन्दा बढि पर्नेछ ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment