शनिबार, १० असार, २०७४
OnlineKhabar.com

झापामा शेरबहादुर देउवाको डान्स ! (भिडियोसहित)

केपी ओलीविरुद्ध देउवा र निधी आक्रामक

गौरव पोखरेल

६ बैशाख, झापा । नेपाली कांग्रेसले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गर्‍यो । शक्ति प्रदर्शनमात्रै गरेन, मञ्चमा कांग्रेस नेता शेरबहादुर देउवा कम्मर मर्काएर छमछमी नाचे ।

दमक नजिकै कमल गाउँपालिकाको आदिवासी जनजाति रङ्गशालामा भएको प्रदेशस्तरीय आमसभामा हजारौं कार्यकर्ता सहभागी थिए ।

कांग्रेस सभापति देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, डा. शेखर कोइराला लगायतको सम्बोधन सुन्न प्रदेश नं. १ का प्रायः सबै जिल्लाबाट कांग्रेसका कार्यकर्ताहरु आएका थिए ।

एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा पुगेर देउवा छमछम नाचेका हुन् । नेविसंघका अध्यक्ष नैनसिंह महरले लेखेको कांग्रेसको चुनावी गीत विमोचनपछि उनी नाचेका हुन् ।

गीतको बोल थियो-

आयो आयो आयो कांग्रेस गाउँ बस्ती ब्युँझाउँदै
हिमाल पहाड मधेस, कांग्रेसले दिन्छ एकताको सन्देश

गीत विमोचनपछि कार्यकर्ताहरु नाच्न थाले । कार्यकर्ताले देउवालाई पनि मञ्चमा ताने । त्यसपछि उनी उठे । र, क्रमशः रामचन्द्र पौडेल, शशांक कोइराला लगायतका अन्य शीर्ष नेताहरु पनि केहीबेर नाचे ।

मञ्चमा नाचेका नेतालाई त्यहाँ उपस्थित कार्यकर्ताले साथ दिएका थिए ।

 

केपी ओलीविरुद्ध देउवा र निधी आक्रामक

कार्यक्रममा कांग्रेस सभापति देउवा ओलीविरुद्ध आक्रमक रुपमा खनिए । ओलीकै निर्वाचन क्षेत्रमा पुगेर उनले भने, ‘केपी ओली त मलाई ठूलो मान्छे जस्तो लागेको थियो, तर छोटा मान्छे रहेछन् ।’

आदिवासी रङ्गशालाको नामको विषयमा रहेको विवादलाई लक्षित गर्दै देउवाले यस्तो बताएका हुन् । यो रंगशालामा एमालेले मदन भण्डारीको नाम जोड्न खोजेको कांग्रेस नेताहरुले बताउँदै आएका छन् ।

आदिवासीसँग जोडिएको नामलाई परिवर्तन गराएर मदन भण्डारीको नाम जोड्न खोज्नु मृत्यु भइसकेको सम्मानित नेताको बद्नाम गर्नु भएको देउवाले सभामै टिप्पणी गरे । यस्तो विषयमा पनि राजनीति गर्नु अचम्मको कुरा भएको भन्दै देउवाले आश्चर्य व्यक्त गरे ।
देउवा मात्र होइन, कांग्रेस नेता एवम् गृहमन्त्री विमलेन्द्र निधि पनि ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भए ।

निधीले हिजो गणतन्त्र र लोकतन्त्र आउँछ भन्दा नपत्याउने व्यक्ति केपी ओली नै भएको भन्दै पुराना अखबार पल्टाएर हेर्न आग्रह गरे ।

२०७४ वैशाख ६ गते १२:४८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१४ प्रतिकृयाहरू प्राप्त
  • subi लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १३:०८

    Aba nachera vote lyaula bhanne soch chode hunchha…..Ranju Darshana jasta umedwaar aaisake maidan ma.

    26
    13
    Share

  • subi लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १३:१६

    Aaba naachera vote lyaune sapana chode hunchha hajur…. Ranju Darshana jasta sachhai ka yuva pusta maidan ma aaisake…

    16
    6
    Share

  • Sharma ji लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १३:४०

    नाचेर र अरुलाई गालि गरेर भोट आउने भए त प्रचंडेको सबै भन्दा धेरै भोट आउनु पर्ने। उति बेलै रेखा थापा संग नाच्या हुन् त कममर मर्काएर।

    59
    14
    Share

  • Binuna लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १३:४४

    Yee nartaki lai k ko power ayeko budesh kaal ma…votemagna baisakhi ma gaaro hunxa…budo jyan pyatta hunxa…seto sariko dance chai..DID flop parne raxa..raksi laagejasto…hamro thauma uufrexan yo garmima..

    10
    2
    Share

  • Dilip Bahadur Basnet, लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १४:१८

    lets hope THIS – COMING – LOCAL – ELECTION WILL BE CONDUCTED SAFELY:AND PARLIAMENT ELECTION WILL BE CONDUCTED TOO SAFELY>> DILIP B. BASNET. JHAPA.

    8
    0
    Share

  • bal krishna gurung लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १४:३२

    Kura thulo man6e kai katin6a. Tyasai le KP Oli,thulo man6e ho vanne pramanit hun6a.

    35
    9
    Share

  • देवयानी लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:३७

    विचरा के.पी. ओली के ठूला मान्छे बन्न सक्थे र ठूला मान्छे त तिमी हौ जसले आफ्नो क्षेत्रको मान्छेलाई मात्र आ.जि.पी. बनाउन निकै ठूलो प्रयास गरे तर सफल भएनन् ।

    14
    1
    Share

  • CHAKRA SAUD लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:५२

    nachera vote paine vaya joti magar lai chunab ladaya vayo

    5
    0
    Share

  • shiva लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:१५

    Nautanki Haru …

    3
    0
    Share

  • Sangam लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:५५

    aurko Aputali(M. Bhandari,.++..) khaer banchhne KiPO communistko pachhi lager samay barbad nagarnus….. Deshlai tukka ma singarne tehi nakali communist nai ho sabaile jani sake chhan, Baggi chadher ….

    1
    2
    Share

  • sudarshan sapkota लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १७:०२

    aaile saman jati dukha janata le payo tyo khyal thatta thiyo aaba paune dukha pakka 100% hami nai dincham tesko guarantee ko khusi ma janatalai khuching khuching bhanera nacheko ho yo…

    1
    0
    Share

  • MD लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:२४

    aahile samma dance bahek k nai garne sakeka chhan ra …

    0
    0
    Share

  • Naresh Rana लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:४३

    एक नेताले अर्को नेतालाई गाली गर्नु राम्रो कुरा होईन बरु देश निर्माण र स्थानीय तहको निर्वाचन सफल पार्न मधेसका पार्टीलाई पनि संगै लैजान केही कोसिस गर्ने पो हो की ?

    0
    0
    Share

  • kishor khanal लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १७:४३

    nachane lai vanda herne lai laj, marne bela ma hariyo kakroo.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this