मंगलबार, १६ जेठ, २०७४
OnlineKhabar.com

यातायातमा ५७ करोड गोलमाल ! नासुको सरुवा गर्दा नेताको फोन !

विभागका हाकिमलाई इटहरीबाटै सरुवा गरिदिने धम्की

रबिन्द्र घिमिरे

६ बैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागलाई एउटा चिठी पठायो । चिठीमा यातायात कार्यालय इटहरीका लेखापाल सुरेश अधिकारीलाई सरुवा गरेर पनि किन रमाना नदिएको भनेर सोधिएको थियो ।

अख्तियारको पत्र आएपछि विभागले इटहरीमा कार्यरत नायव सुब्बा अधिकारीलाई रमाना पत्र बुझ्न पुनः निर्देशन दियो । तर, अधिकारीले टेरेनन् । उल्टो उनले बढ्दा चुरीफुरी गरे विभागकै हाकिमलाई नै सरुवा गरिदिने इटहरीबाटै काठमाडौंमा धम्की दिए ।

त्यसलगत्तै विभागका उच्च अधिकारीलाई केही ठूला दलका नेताहरुले समेत फोन गरेर हाललाई अधिकारीमाथि सुरुवाको रमाना बुझ्ने दबाव नदिन प्रेसर गरे ।

यो प्रकरणपछि यातायात व्यवस्था विभागले पक्कै पनि यसमा केही रहस्य छ भन्ने ठानेर अनुगमन टोली इटहरी पठायो ।

अनुगमन टोलीले दिएको रिपोर्टमा इटहरी यातायात कार्यालयमा करिब ३ करोड रुपैयाँ हिनामिना भएको रिपोर्ट दियो ।

अनुगमन टोलीको प्रतिवेदन हेरेपछि विभागले भीआरएस सिस्टममै गएर इटहरीमा संकलित राजस्वको रिपोर्ट हेर्न आईटी साझेदार फोकस वानलाई निर्देशन दियो ।

तर, मंगलबार जब फोकस वानले यसबारे रिपोर्ट दियो, जसबाट विभागका उच्च अधिकारीलाई ठूलै झड्का लाग्यो । भीआरएस रिपोर्टले इटहरीस्थित यातायात कार्यालयबाट ५६ करोड ५८ लाख रुपैयाँ राजस्व हिनामिना भएको ठहर्‍यायो ।

यस्तो रिपोर्ट आएको भोलिपल्टै बुधबार लेखपाल अधिकारीसहित ५ जनालाई निलम्बन गरियो ।

(यो पनि पढ्नुहोस्: यातायात कार्यालय इटहरीका प्रमुखसहित ५ निलम्बित)

लेखापालको यत्रो ल्याकत !

लेखापाल सुरेशले ५ वर्षका बीचमा आफ्नो कार्यालयमा केही हाकिमहरु र थुप्रै कर्मचारीसँग कुम जोडे । राजस्व छल्ने योजनासँग नजोडिने आफूभन्दा माथिका कर्मचारीलाई उनले टिक्न दिएनन्, मिल्नेलाई उनले राम्रौ आर्थिक प्रभावमा पारे । एक ढंगले कार्यालयको हाकिम नै उनै बने ।

नायब सुब्बा अधिकारी ५ वर्षअघि इटहरीको यातायात कार्यालयमा हाजिर भएका थिए । सुरुका ३ वर्षसम्म उनले जसरी सम्पत्ति जोडे, त्यसले सबै चकित परेकै थिए । तर, शक्ति केन्द्रसँगको उठबस र त्यसबाट लिएको लाभ त्यतिबेला सतहमा आयो, जतिबेला उनको सरुवा पत्र इहटरीमा पुग्यो ।

विभागले २ वर्षअघि नै उनलाई सरुवा गरेको थियो, तर, उनले रमाना बुझ्नै मानेनन् । रमाना बुझ्न ज-जसले दबाव दिए, अधिकारीले स्थानीय सांसददेखि मन्त्रीसम्मको सोर्सफोर्स लगाएर जसरी पनि रोकी राखे ।

लेखापाल अधिकारीले पछिल्लो ५ वर्षमा करोडौं राजस्व कुम्ल्याउँदा पनि सम्वन्धित निकायले पत्तो पाएन । कार्यालयको ५७ करोड हिनामिना भएपछि अहिले नासु अधिकारी बल्ल शंकाको घेरामा तानिए र निलम्बनमा परे । तर, नासुको निलम्बनले अहिले यातायात व्यवस्था विभाग हल्लिएको छ ।

यातायात व्यवस्था विभागमा दुई वर्षअघि अधिकारीका विषयमा स्टाफ मिटिङबाट निर्णय गराएको एउटा अनौठो पत्र आएको थियो, जसमा लेखिएको थियो कि ‘सुरेश अधिकारी सो कार्यालयबाट सुरुवा भएमा यहाँको व्यवस्थापनमै समस्या पर्छ, त्यसैले अहिले अधिकारीले रमाना बुझ्न सक्दैनन् ।’

नायव सुब्बा अधिकारीले गरेको राजस्व हिनामिनाले यातायात व्यवस्था विभागमा ‘भूकम्प’ नै गएको छ । एउटा लेखापालले गरेको डिजाइनमा उपसचिवसम्मका कर्मचारीसमेत संलग्न भेटिएका छन् ।

सरुवा गर्दा पनि अटेर गर्दै करिब ५ अघि वर्षदेखि इटहरी यातायात कार्यालयमा थर्पू हालेर बसेका अधिकारीले नेतादेखि गुण्डासम्म परिचालन गरेर भ्रष्टाचार गर्ने गरेको विभागको आन्तरिक अध्ययनले देखाएको छ ।

अनियमितताको विषयमा लेखापालविरुद्ध अनुसन्धान गर्दैगर्दा समेत विभागका उच्च अधिकारीलाई ठूला दलका उच्च तहका नेताले फोन गर्दै रोक्न आग्रह गरेका थिए ।

सरकारी कर्मचारीहरु यातायात व्यवस्था कार्यालयमा सरुवा हुन मरिहत्ते गर्छन् । नगरुन् पनि किन ? एकजना लेखापालले ५७ करोड रुपैयाँ गोलमाल गर्दा रहेछन् । र, दलका नेताहरु पनि नायब सुब्बाको बचाउमा लागेर नासुका नोकरजस्तै बन्दारहेछन् ।

बुधबार लेखापाल अधिकारीको निलम्बनको खबरपछि स्थानीय गुण्डाको आडमा उनले कार्यालयमा अपि्रय घटना गर्न सक्ने भन्दै सुनसरी जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालयमा सुरक्षा ब्यवस्था कडा पारेको छ ।

नासु अधिकारीले नयाँ सरुवा भएर जाने उपसचिवसम्मलाई घुमाउने गरेको र राजस्व छलीका मुख्य योजनाकार उनै भएको विभागको निश्कर्ष छ ।

राजस्व हिनामिनामा बैंकको साथ ?

यातायात कार्यालय इहटरी सवारीको कर बुझ्ने कार्यालय हो । सडक सुधार दस्तुर पनि यसैले बुझ्छ । अधिकारीले कार्यालयमा राजस्व हिनामिना गर्न ठूलो योजना बनाइएको प्रारम्भिक अध्ययनबाट खुलेको छ । यसमा उनले बैंकलाई समेत प्रयोग गरेको पाइएको छ ।

यातायात व्यवस्थाको सिस्टममा देखिने तर, सरकारी बैंक खातामा नदेखिने गरी पैसा हिनामिना गरेको पाइएको छ । यतिसम्म कि सरकारी कार्यालयले नै फर्जी बिलसमेत जारी गरेको भेटिएको छ ।

त्यहाँ दुई किसिमबाट रकम हिनामिना भएको अध्ययनले देखाएको छ । सेवाग्राहीलाई ठूलो रकमको राजस्व देखाएर कम राजस्व तिर्ने गरी फर्जी बिल दिएर हिनामिना गर्ने गरेको पाइएको छ ।

त्यसैगरी बैंकका कर्मचारीसँग मिलेमतो गरेर बिल बिजक जारी गरे पनि रकम नै जम्मा नगरिकन घोटाला गर्ने गरेको विभागको आन्तरिक अनुगमनले देखाएको छ ।

यस्तो कार्यमा ग्लोबल आईएमई बैंकका कर्मचारीको पनि मिलेमतो रहेको देखिएको छ । यातायात व्यवस्था कार्यालयले ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्दै आइरहेकोमा यो सम्बन्धमाथि नै पुनर्विचार गर्नुपर्ने स्थिति देखिएको विभागका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

सिस्टममा पैसा देखिने तर, बैंक खातामा रकम नदेखिने कारण बैंकको पनि संलग्न्ा पुष्टि भएको विभागका अधिकारी बताउँछन् ।

‘सिस्टममा तिरेको देखिएपछि बैंक खातामा पनि त्यति रकम इन्ट्री भएकै हुनुपर्छ । तर, बैंक खाता र त्यहाँको आन्तरिक खातामा हिसाब मिलाइएको पाइएको छ, यसले बैंक पनि यसमा मिलेका हो भन्ने देखिन्छ’ स्रोतले भन्यो ।

विगत ३ वर्षदेखिको ५७ करोड बराबरको हिसाव इटहरी यातायात कार्यालयले गोलमाल गरेको छ । तर, यो क्रममा भएको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणले पनि यो अनियमितता औंल्याएको थिएन ।

सरकारी खातामा जम्मा हुनुपर्ने रकम हराएको लेखा परीक्षणमा सहजै देखिनुपर्ने हो । तर, यो नमिलेको हिसावलाई गुपचुपमै प्रतिवेदनमा नसमेटिनुले थप शंका जन्माएको स्रोत बताउँछ ।

यातायात व्यवस्था कार्यालय इटहरीमा भएको यो अनियमितताले ठूलो रुपमा हुने राजस्व चोरीको परिदृश्यलाई इङ्िगत गरेको छ ।

कारवाहीका लागि अख्तियारलाई पत्र

आन्तरिक अनुसन्धानपश्चात पाँच कर्मचारीलाई निलम्बन गरिसकेपछि विभागले बुधबार अख्तियारलाई पथ छानविनका लागि आग्रह गर्दै पत्राचार गरेको छ ।

विभागले अख्तियारलाई लेखेको पत्रमा आन्तरिक लेखा परीक्षण गर्नेर् र महालेखा परीक्षण गर्ने कर्मचारीलाई समेत अनुसन्धानको दायरामा ल्याउन भनेको छ ।

२०७४ वैशाख ६ गते २०:२३ मा प्रकाशित (२०७४ वैशाख ७ गते १०:०३मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४१ प्रतिकृयाहरू प्राप्त
  • Kiran लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १४:४४

    लेखापाल त निक्कै आटिला पो र’चन त गाठे । यत्रो आट कहाँ बाट आउने गरेको थियो भन्ने स्रोत किटान गरेर कारबाही गरिन्छ कि गरिदैन ? त्यो चै हेर्नै पर्ने भो । प्रभुहरुले बर्बाद नै बनाउने भए यो मुलुक लाई । धिक्कार छ । छ्या !

    109
    2
    Share

  • Arjun kumar Chaudhary लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १४:४९

    अब के हुन्छ ?
    नेताको भनसुनले ५७ करोडको बदलामा ७ लाख धरौठी तिरेर छुटछ या जागिर बाट निकालिन्छ ।
    अदालत र प्रहरी मिलेर सक्छौ भने ५७ करोड असुल उपर गरेर जेल सजाय गरि गतिलो कानुनको उदाहरण देउ ।
    हैन भने नेपालको कानुन नेता र गुण्डा हरुको लागि मात्रै हो भनेर पत्रिकामा छापेर स्वीकार ।

    180
    2
    Share

  • रमेश लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १४:५०

    फासी दिनुपर्क्ष सर्बसोसहित

    72
    2
    Share

  • Shyam लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १४:५३

    Better to hang them.Living law maker make law, first hang so called “NETA WHO CALL NOT TO TAKE ACTION AGAINST SURESH ADHIKARI” and then Suresh Adhakari and its team.

    60
    0
    Share

  • लाजालाम लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १४:५८

    ए अाम्मै, जनताले तिरको कर राज्यकोषमा तीन बर्षसम्म दाखिल नगर्दा पनि हाम्रो राज्यसंयन्त्रले थाहा पाउँदैन ?????? कुरीकुरी, हाम्रो सरकार, कुरीकुरी !

    90
    0
    Share

  • नयाँ चोथाले लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:००

    यसको कमिसनको अंश बिभागका महानिर्देशक, सचिव, मन्त्री, राजनीतिक दलका शीर्ष नेतासम्म पुगेको पक्का भयो । यो लाउडा, सुडानकान्डभन्दा पनि चर्को देखियो । सवैको छानविन हुनुपरो, सुब्बाको मात्र बल र मुटुले यति ठूलो भ्रष्टाचार भएको छैन, चेतना भया ।

    82
    2
    Share

  • सियाराम कार्की लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:०२

    यो त अपराधी र डाँका पो रहेछ, सरकार कानुनी कारवाहीको नाटक देखाएर धराैटीमा रिहा हुने राज्यसंयन्त्र भन्दा कतै लगेर गोली ठोकेर मारिदे, कि त चीनमा जस्तै भ्रष्टाचारीलार्इ फाँसीको सजाय हुने कानुन बना ।

    63
    0
    Share

  • karna budha लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:१२

    tyasto papilai aajiban jel r sabai rakam asul upar garnu parx.

    26
    0
    Share

  • Sanu Nepali लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:४१

    ५७ करोड को हिना मिना गरे पनि आखिर ५, १० लाख धरौटी राखे छुटी हाल्छ. देश बिग्रिनु को कारण यहाँ पनि छ

    28
    0
    Share

  • Milan Rai लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:४४

    नेपालमा जति पनि भ्रष्टाचार ठूला राजनीतिक दलका नेताको आडमा भएको देखिन्छ यसलाई रोक्न एउटै मात्र उपाय नेपालको कर्मचारी संयन्त्र विगठन गरी नयाँ संयन्त्र बनाउनु आवश्यक छ र कर्मचारीलाई दिएको ट्रेढयुनयन अधिकार छ त्यसलाई खारेज गरिनु पर्दछ ……..

    33
    0
    Share

  • गोरखवहादुर शाही लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:४७

    तीन वर्षसम्म सरकारले थाहा पाएन भन्दापनि कसुर गर्नेलाई एक न एक दिन थाहा पाएरै छाड्छ र सजाय दिएर छाड्ने भएकाले कसैले पनि हिम्मत नगरोस।

    15
    0
    Share

  • शिव लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:५१

    यस्ता खाँते साले घुस खाेरीहरूलाइ त सिधै फाँसी दिये हुन्छ ।

    22
    1
    Share

  • MRAJAN लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १५:५८

    अनियमितताको विषयमा अनुसन्धान गर्दैगर्दा विभागका उच्च अधिकारीलाई ठूला दलका उच्च तहका नेताले फोन गर्दै रोक्न पनि आग्रह गरेका थिए । THRESS HOLD LE 3 DAL KO NIRANKUS PANCHAYET HUNE BHO DES TA.

    10
    2
    Share

  • मोहन भन्डारी लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:०३

    कहिले होला यस्ता भ्रष्टलाई फाँसि सम्मको सजाय । सुन्दै लाज मर्दो । अनि कसरी हुन्छ देशको बिकाश ?

    16
    0
    Share

  • Mk लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:२७

    असफल शासन व्यवस्था ! चोरडाका र लुटेरा पालेर शासन चलाउने दलाली संसदिय राज्य ब्यबस्था अन्त
    नगरेसम्म यस्तै लुटतन्त्र रहिरहनेछ !

    15
    1
    Share

  • राजस्व लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:३१

    यो सुरेश अधिकारीको लाईफ स्टाईल करोडपति व्यापारिको छोरोको जस्तो थियो । चार पाचवटी त यीनले श्रीमती नै जोडेका छन । कारमा हिड्ने । लक्जरीयस थियो जीवन शैली ।
    यातायातमा काम गरेका कर्मचारीहरुको कमाउने तरिकै यही हो । अझ भन्सार नतिर गाडी भित्र्याएर ब्लुवुक र नम्बर दिएर पनि केटाहरु रातो रात करोडपति भएका छन ।
    यो लेखापाललाई के चै हुने हो र । हदभए केही बर्ष कैद र विगो बमोजिम जरिवाना हुन्छ । जरिवाना दण्ड सजायको ३८ नं. बमोजिम ४ बर्ष कैदमा परिणत हुँदा करिव ९ बर्ष कैदमा बस्छ । फेरी वाहिर आएर त्यही यातायात व्यवस्था कार्यालय वाहिर लेखापढी व्यवसायी भएर व्यवसाय चलाउछ र फेरी कमाउछ ।
    भ्रष्टाचार गरेको रकम लाउन्ड्रीङ्ग हुन्छ । शुरेश अधिकारीको जीवनको केही समय सम्म जेलमा वत्छ त्यति हो । धेर हल्ला नगरे हुन्छ ।

    26
    0
    Share

  • padam sharma लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:३७

    यो त अपराधी र डाँका पो रहेछ, सरकार कानुनी कारवाहीको नाटक देखाएर धराैटीमा रिहा हुने राज्यसंयन्त्र भन्दा कतै लगेर गोली ठोकेर मारिदे, कि त चीनमा जस्तै भ्रष्टाचारीलार्इ फाँसीको सजाय हुने कानुन बना ।

    8
    0
    Share

  • yubaraj लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:४१

    देशमा राजपरिवारको हत्या गर्दा कसैलाई कारावाही हुदैन ।
    राष्ट्रपतिका श्रीमान मदन भण्डारी लाई हत्या गर्दा कसैलाई
    कारवाही हुदैन । स्वयं राष्ट्रपति कानमा तेलहालेर वस्छिन ।
    लुट…….लुट……..भ्रष्ट्राचारी हो जति सक्छौ लुट । अन्तिममा
    तिमी सवैलाई हरियोबाँसमानै बाँधेर लानेहो । याद राख कात्रोमा
    खल्ती हुदैन ।

    26
    0
    Share

  • प्रकाश र सुरज लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:४२

    अति होइन त यो हनुमानजी ।।।।

    11
    0
    Share

  • Bairagi kaila लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:४७

    जति भ्रष्टाचार गरे पनि मन्त्रीलाइ पनि भाग जान्छ अनि कसरी राेकिन्छ त भ्रष्टाचार । थुक्क साले भाते साला खाते मन्त्री । मन्त्री, सचिव, मन्त्रीकाे स्वकिय सचिव र बिभागिय प्रमुखहरूलाइ मासिक हिस्सा प्राप्त हुने भएकाेले याे भ्रष्टाचार राेक्न कसैकाे बाउँले सक्दैन । राेक्न सके राेकेर देखा खाते मन्त्री, अाफ्नै गृह जिल्लामा भएकाे महाकाली यातायात कार्यालयकाे भ्रष्टाचार राेकेर देखा साले खाते मन्त्री, त्यहाँ जम्मै भ्रष्टाचारीहरूलाइ मात्र थुपारेर राखेकाे छस् त्यसैले सक्छस भने अाफ्नै गृह जिल्लामा भएकाे महाकाली यातायात कार्यालयकाे भ्रष्टाचार राेक ।

    13
    0
    Share

  • CHANDRA BIKRAM RAI लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:४८

    easto vrasta netaa ra karmachariko photo sahit name rakhnu vaye ramro hunethyo taaki sarbasadharan jantaale aru chinna paaune thiye

    5
    0
    Share

  • abc लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १६:५१

    khana na payera karbahi agadi badhaune chai ko ho ni…natra yesto kuro NEPAL ma kaha bahira aucha ra??

    4
    0
    Share

  • इमान्दार राष्ट्रसेवक लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १७:१६

    यो अनुसन्धान गरेर कारवाहीका लागि अगाडी बढाउने राष्ट्रसेवक साथीहरूलार्इ धेरै धेरै बधाइ । अाफ्नै सहकर्मीको यति ठूलो कर्तुत त्यो पनि यति धेरै पावरफुल । यो चानचुने बिषय हैन । अब अख्तियारले पहिले लोकमानको पालामा जस्तो कमिसन लिएर मुल्तवीमा राख्छ कि कारवाही गराउँछ हेर्नुपर्छ।

    10
    0
    Share

  • visnu gm लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १७:१६

    अख्तिीयार विज्नेश कम्पनीलाई सन्तुष्ट पार्न नसक्ने हाकिम भन्दा अरु कोहि पनि खटराको घेरामा पर्दैन, यो सबैलाई थाहै भएको कुरा हो । पहिला यो साला अख्तियारीसबैलाई हटाउनु पर्छ, कसैले यस्तो काम गर्न सोच्दा नी सोच्दैन ।

    9
    0
    Share

  • keshav hamal लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १७:३८

    हैट यत्रो राजस्व छल्ने लाई त छोड्नु हुन्न हो

    7
    0
    Share

  • bn adhikari लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १७:४०

    नेपाल लुटेराहरुको देश हो, सक्नेले लुट्ने, नसक्नेहरुले कुरीकुरी गर्ने ।

    12
    0
    Share

  • Raj k.Rai लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १७:४९

    यो त यौटा उधाहार्न मात्र हो सोचौ यौटा तल्लो तह्को क्रम्चारी ले यो देस मा राज्जे को ढुकुटी मा जम्मा हुनु पर्ने रजेस्वो हिना मिना गरेको कुरा तेस सम्बन्धित नेतृत्तो ले उल्टै सहयोग गरि देस दुबाउछ्न भने यो परिनाम भनेको याहा सबै देस का क्रय रत करम्चारी घुस खोरी छ्न भन्नू २मत छैन। इनि हरु लाई यस्तो सजाय होस कि अरु ले पनि भ्रस्टाचार गर्दा डराओस।

    0
    0
    Share

  • baldev thapa लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १८:१७

    akhtiyarle chhan bin gari samlagna mathillo level dawab dine neta ra mantri samlagna vaya tinlai samet karwahi garnu parxa.

    0
    0
    Share

  • Ram Prasad लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १८:३१

    antarik ra bahiri lekha parichen garne lai pani karbahi ko dayara ma lyanu parchha. yeti thulo aniyamita huda pani kagajat thik cha bhanera sahi garne ho? aafu haru le pani commission payo jasto chaa.

    0
    0
    Share

  • sidh लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते १८:३७

    कुलमान घिसिंग उनि एउटा सरकारी कर्मचारी जो रात दिन नभनी देस र जनताको लागी लागिपरेका छन् सुरेस अधिकारी ऊ पनि यौटा कर्मचारी बस फरक छ त कुलमान तामांग अनि सुरेस अधिकारी….अहिले सम्म धेरै समाचार हरु बाहिर आइसकेको छ जहाँ घुस लिदा लिदै रंगेहात समातेको होस् या टनकपुर/महाकाली हुदै सप्तकोसी जस्ता ठुला ठुला नदि नाला बेचेर खाएको होस् या एअरपोर्ट मा सुन तस्करीमा समातिएका कर्मचारी …यो सबै काण्डमा किन क्षेत्रि बाहुन को मात्र नाम अगाडी आउछ ? एसो हेर्दा नेपालको साना साना कर्मचारी बाट देस कै मन्त्रि भएकाहरु चिरिन्जीबी वाग्ले देखि खुम बहादुर खड्का सम्म एस्तै भ्रस्टाचारि….के उहाहरुलाई नेपाल अनि नेपाली को माया लाग्दैन होला? के उहाहरुको दावित्य छैन देश बनाउनलाई ??? जाबो एउटा लेखापाल ले ५७ करोड भ्रस्टाचार गर्छ भने अरुको त कुरै नगरौ ….मैले कुनै जात जातिलाई आरोप प्रत्यारोप लगाउन खोजेको होइन तर अहिले सम्मको बिस्लेसणलाई उजागर गरेको मात्र हो !

    1
    2
    Share

  • adhikari lootera लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते २०:५५

    म त झन् कम्प्युटर इन्जिनिए मैले पनि लूट न भय भने यो भन्दा पनि डबल लूट छु ५ बर्ष जेल अनि ५० बर्ष मोज | लौन अब सरकारी जागिर नै गर्नु पर्ने भो

    3
    0
    Share

  • Bairagi kaila लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते २३:०५

    बधाइ छ माननीय रमेश लेखकका भक्त कर्मचारीहरूलार्इ । जति सकिन्छ घुस उठाउ र मन्त्री, सचिव, मन्त्रीकाे स्वकिय सचिव, महानिर्देशक र लेखा अधिकृतलार्इ मासिक रूपमा भेटी अर्पण गरेर बहालवाला बिभागिय मन्त्रीकाे कृपामा राज गर, भ्रष्टाचार गर, मन्त्रीलार्इ बैदेिशक भ्रमण गराउ, मन्त्रीकाे छाेरालार्इ चिनमा डाक्टर पढ्नका लागि रकम पठाउन भेटी चढाउ र सेवा गर, चाकडी गर, बधार्इ छ, मन्त्री महाेदयलार्इ ।

    0
    0
    Share

  • pardeshi लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ४:१८

    यस्ता गतीछादालाई जेल हाल्न पर्‍यो

    2
    1
    Share

  • resham लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ५:२३

    तव न यातायात र मालपोत जान लाखौ रकम बोकेर कर्मचारी नेताको घर घर धाउछन भन्थे

    2
    0
    Share

  • Keshab लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ५:३१

    Yesle 27 crore ta tirnai paryo. 27 Crore kasari Kamainchha bhanera yeslai 24 ghante sram sibir ma dhunga kutna lagayera sikanunuparchha. Tyo 27 Crore ma Bhoka nangale tireko kar pani chha.

    0
    0
    Share

  • bikash lama लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ८:०४

    देसको ढुकुटी हिना मिना गर्नेनै ठुलो पदको मान्छेहरु होनि।हामी जनताले समचार हेर्ने अनि बस्ने।
    हाम्रो देसको कानुन गरिबलाइ मात्र छ। थुलो पदको मान्छेलाई छैन।
    गल्ती भनेको ठुलो पदको मान्छेले गरोस या जनताले धरौटी हटायर सबलाइ सजाय हुनु पर्छ।

    3
    0
    Share

  • uttam लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १०:१५

    Sifaris garne netako naam sarwajinik garnu paryo, netale kati labh liyo tyo pani sarwajinik garnu paryo

    0
    0
    Share

  • एन बि खत्री लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:४२

    बागमती यातायात कार्यालय मा पनि यस्तै छ ,मैले कर तिरेको रकम को बिल बैंक ले १८००० दिएको छ मैले तिरेको पनि १८०००/ हजार नै हो तर मोबाईल बाट मैले तिरेको रकम sms गरेर हेर्दा १२०००/ मात्र देखिन्छ अरु रकम हरायो!

    3
    0
    Share

  • नरेन्द्र प्रताप साह लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १७:४२

    त्यो लेखापाल ले गरेको भ्रस्टाचार मा विभिन्न राज्नैतिक प्रतिनिधिह्रु पनि तिन्का अङ्ग् रक्छक बनी सम्लग्न भयेको देखिन्छ। तिनी माथी कार्यबाही गर्ने कुनै निकाये को हिम्मत छ कि छैन? न भये त्यो लेखापाल लाई पनि कुनै कार्यबाही न गरियोस।

    0
    0
    Share

  • Mana Raj Rai लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १५:०९

    Nepal ma lekha samuha ra mahalekha parikshak swayamko thulo bhrastacharko jalo chha. Yeslai pani ujagar garna jaruri chha. Lekha parikshanko kram mai thulo bhrastachar hunchha.Katipaya nahune prakarka beruju pani nikali raheko chhan.

    0
    0
    Share

  • lakhman tamang लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ९:१७

    सबैभन्दा पहिले कमचारिकाे टेड युनियन खारेज गनुपछ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this