Comments Add Comment

५७ करोड हिनामिना प्रकरणः यातायात कार्यालय इटहरीका प्रमुखसहित ५ निलम्बित


६ वैशाख, काठमाडौं । इटहरीस्थित यातायात ब्यवस्था सवारी कार्यालय कोशीका कार्यालय प्रमुखसहित ५ जना कर्मचारी भ्रष्टाचारका आरोपमा निलम्बनमा परेका छन् । ५६ करोड ५८ लाख रुपैयाँ सरकारी राजश्व हिनामिना गरेको भेटिएपछि उनीहरु बुधबार निलम्बनमा परेका हुन् ।

कार्यालयका प्रमुख उपसचिव नयराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुदप्र्रसाद दाहाल तथा नायबसुब्बा टिका बास्तोलालाई भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयले निलम्बन गरेको हो । यिमध्ये घोटाला प्रकारणमा नासु सुरेश अधिकारीलाई प्रमुख योजनाकार मानिएको छ ।

उनकै योजनामा विगत ३ वर्षदेखि विभागका राजश्व नै घोटाला भइरहेको र त्यसमा अन्यले पनि संलग्ना देखिएको ठहर मन्त्रालयले गरेको छ ।

सचिवस्तरीय निर्णयबाट कार्यालयको टिम नै निलम्बनमा परेपछि यातायात ब्यवस्था विभागले भ्रष्टाचारबारे थप छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको छ ।

कार्यालयमा सेवाग्राहीबाट उठाएको सवारी कर यातायात दस्तुर, सडक सधार कर, आय कर नै उनीहृरुले फर्जी सिस्टम खडा गरेर दुरुपयोग गरेको भेटिएको छ ।

नक्कली बिल तथा भौचर जारी गरेर इटहरीको सवारी कार्यालयले विगत ५ वर्षदेखि राजश्व नै हिनामिना गरेको पाइएको छ । सरकारी खातामाम जम्मा हुनुपर्ने रकम नै नभेटिएपछि विभागले कार्यालय प्रमुखसहितका कर्मचारीलाई निलम्बन गरेको हो ।

यातायात ब्यवस्था विभागमा महानिर्देशक रुपनारायण भट्टराईले प्रारम्भिक अनुसन्धानमा राजश्वक हिनामिना भएको भेटिएपछि निलम्बन गरिएको पुष्टी गरे । उनले अब थप अनुसन्धान अख्तियारले गर्ने बताए ।

भट्टराई कार्यालय प्रमुख भएर आएपछि विभागका ठूला भ्रष्टाचारहरु खुल्दै गएका छन् । यसअघि यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी पनि हिनामिनाको आरोपमा निलम्बनमा परेका थिए ।

लाइसेन्सको परीक्षामा झण्डै ५ करोडको चलखेल भएको देखिएपछि यातायात व्यवस्था मन्त्रालयले सुवेदीलाई निलम्बन गरेर अनुसन्धान अघि बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment