Comments Add Comment

हिमालय एयरलाइन्सको अब युएई-काडमाडौं उडान

१९ अप्रील, युएई । नेपाली तथा चिनियाँ लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले आगामी अप्रील २८ देखि युएई-काठमाडौ दैनिक उडान गर्ने भएको छ ।

एअरलाइन्सको युएईका लागि टिकटको आधिकारिक विक्रेता एजेन्सी गि्रनलाइन गुफ अन्तर्गतको फिस्टेल ट्राभलले अपि्रल १८ मा दुबईमा पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएको हो ।

फिस्टेल ट्राभलको तर्फबाट बालकृष्ण खड्का र सूर्य गिरीले हिमालय एअरलाइन्सको युएई उडानको बारेमा जानकारी गराएका हुन् ।

मालयन एअरलाइन्सले हरेक दिन काठमाडौदेखि दुबईमा रहेको अलमक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेछ ।

हरेक आईतबार, सोमबार, बिहीबार, शुक्रबार र शनिबार बिहान नेपालको समय अनुसार १०ः४० मा काठमाडौबाट उडने र युएईको समय अनुसार दिउँसो १३ः२५ मा अतवरण हुनेछ भने युएईबाट सोही दिन दिउँसो १४ः२५ मा उडने र काठमाडौंमा बेलुका २०ः२० अवतरण गर्नेछ ।

त्यसैगरी मंगलबार र बुधबार नेपालको समय अनुसार ११ः२५ मा काठमाडौंबाट उडने र युएईको समय अनुसार दिउँसो १४ः४० मा अतवरण हुनेछ भने युएईबाट सोही दिन दिउँसो १५ः१० मा उडने र काठमाडौंमा राति २१ः०५ अबतरण गर्ने उडान तालिका रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

उक्त एअरलाइसमा यात्रा गर्ने यात्रुले ३० केजी लगेज र ७ केजी हाते ब्याग निःशुल्क लान सकिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उडानको क्रममा यात्रुहरुलाई खाना तथा पानीको पनि व्यवस्था रहेको छ ।

तत्कालका लागि युएईदेखि काठमाडौंसम्मको एकतर्फर्र्ी भाडा ४ सय ८० दिराम्स र दुइतर्फर्ी भाडा ९ सय ०५ दिराम्स रहेको गि्रनलाइन गु्रपका निर्देशक बालकृष्ण खड्काले अनलाइनखबरलाई बताए ।

कार्यक्रममा युएईमा नेपाली लगानीमा ट्राभल एजेन्सी सञ्चालकहरुको पनि उपस्थिति रहेको थियो ।

नमस्ते ट्राभल्सका सञ्चालकद्वय एकेन्ऽ थापा र नानुकाजी अर्याल, गोल्डेन एभरेस्ट ट्राभलका सञ्चालक नेत्र शर्मा, सन एन्ड मुन ट्राभलका सञ्चालक लोकेन्ऽबहादुर बम, सिटिलाइफ ट्राभलसका सञ्चालक रमेश पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली ट्राभल सञ्चालकहरुले नेपालीहरुलाई नेपाली एअरलाइन्सबाटै यात्रा गर्ने वातावरण बनाउन सहकार्य गर्नुपर्ने र एयरलाइन्सहरुले प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिएका थिए ।

युएईका लागि उडान गर्ने विमानमा ८ बिज्नेस क्लाससहित १ सय ५८ यात्रुले उडान गर्न सक्नेछन् । हिमालय एअरलाइन्सले अहिले कतार, मलेसिया, म्यानमारमा उडान गरिरहेको छ ।

युएईबाट काठमाडौंको सिधा उडान गर्ने हिमालयन एअरलाइन्स पाँचौ विमानसेवा बन्ने भएको छ ।

युएईको सारजहा र रास अल खेमाबाट एयर अरेबिया, दुबईबाट फ्लाई दुबई र नेपाल एअरलाइन्स साथै अबुधाबीबाट इत्तेहाद एअरलाइन्सले काठमार्डौको सिधा उडान भरिरहका छन् ।

गत अगस्ट १९ देखि नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सले पनि दुबई-काठमाडौंको सिधा उडान गरिरहको छ ।

हिमालयन एअरलाइन्सको उपस्थितिसँगै नेपाली एअरलाइन्सको संख्या दुई पुगेको छ । विमान संख्या बढेसँगै विमान कम्पनीहरुबीच सेवा सुविधा बडाउने चुनौतीहरु थपिदै गएका छन भने यात्रुहरुले थप सुविधाहरु पाउने र विकल्प रोज्दै सस्तो शुल्कमा यात्रा गर्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment