Comments Add Comment

नेपाल अाइपुगे सामसुङ ग्यालेक्सी एस ८ र एस ८ ‘प्लस’,


काठमाडौं । सामसुङले बहुप्रतिक्षित एस ८ र एस ८ ‘प्लस’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । बुधबारदेखि बुकिङ सुरु भएका यी स्मार्टफेन बैशाख २२ बाट नेपाली बजारमा किन्न सकिने छ ।

राजधानीमा बुधबार ग्यालेक्सी एस ८ र एस ८ प्लसको बिक्री प्रारम्भको घोषणा गरेको हो ।  नेपाली बजारमा ग्यालेक्सी एस ८ को मूल्य ८८ हजार ९ सय रुपैयाँ तेकिएको छ । त्यस्तै ग्यालेक्सी एस ८ प्लसको मूल्य भने ९८ हजार ९ सय रहेको सामसङ नेपालका प्रणयरत्न स्थिापितले जानकारी दिए ।

ग्यालेक्सी एस ८ को स्क्रीन ५.८को रहेको छ भने ग्यालेक्सी एस ८ प्लसमा ६.२ इन्चको स्क्रीन छ ।

६ महिनाको इन्स्योरेन्स र ८ जीबी डाटा 

साथै दुबै मोबाइलको ६ महिनाका लागि इन्स्योरेन्सको पनि व्यवस्था छ । अनलाइनखबरसँग कुराकानी गर्दै स्थिापितले भने ‘मोबाइल किनेको केही समय त्यसको कभर पनि राख्न पाइएको हुँदैन, नयाँ पनि हुन्छ त्यसैले खस्ने सम्भावना हुन्छ, किन्ने बित्तिकै स्क्रीन फुटेर निराश हुन नपरोस् भनेर हामीले यो व्यवस्था गरेका छौं ।’


साथै यसका खरिदकर्तालाई आठ महिनाको लागि ८ जिबीको डाटा प्याकको पनि सुबिधा छ । एनसेलसँगको सहकार्यमा प्रत्येक महिना १ जिबीका दरले आठ महिनासम्म ८ जिबी डाटा उपलब्ध गराउन लागिएको स्थापितले जानकारी दिए ।

स्क्रीन र फिचर

यसमा सामसुङको लोगोलाई फोनको फ्रन्टबाट हटाइएको छ । यसैगरी होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रीनमा लगाइएको छ । सामसुङको भनाइअनुसार यी फोनका डिस्प्लेको १८ः५ः९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन सकिन्छ । जस्तै एउटा भिडियो हेर्न सकिन्छ र च्याटिङको कुनै एपलाई पनि सँगसँगै चलाउन सकिन्छ ।

यी दुवै फोनका स्क्रीनको रिजलुसन पनि पहिलेजस्तै भएपनि बढी ब्राइट छ । यसले हाइ डाइनामिक रेन्ड (एचडीआर) लाई सपोर्ट गर्छ । यसमा भिडियोको गुणस्तर राम्रो छ । यी दुवै फोनलाई एकै हातले चलाउन सकिने सामसुङको भनाइ छ ।


सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्सलमा भिक्सभाय नामको एक नयाँ भर्चुअल असिस्टेन्ट प्रस्तुत गरेको छ । यसमा त्यही प्रविधिको प्रयोग गरिएको छ ।

यो भर्चुअल असिस्टेन्टलाई साइडमा दिइएको बटनबाट चलाउनुपर्छ । यसमार्फत फोटो ग्यालरी, म्यासेज र मौसमजस्ता १० एपलाई आवाजमार्फत चलाउन सकिन्छ । यस सफ्टवेयरको प्रयोग फोनको क्यामराले देखेका वस्तुहरुको पहिचानमा पनि गर्न सकिन्छ ।

क्यामेरा कस्ताे ?


अघिल्लो वर्ष लन्च गरिएको फोनको तुलनामा यी फोनहरुमा गरिएका सुधारहरुमा क्यामेरा पनि एक हो । फ्रन्ट क्यामरा ८ मेगापिक्सल (एमपी) को छ र यसको अटोफोकसलाई तीव्र बनाइएको छ ।

पछाडिको क्यामेरा १२ मेगापिक्सलको छ र कम्पनीको दावी अनुसार यसले खिचेको फोटोको सार्पनेस र कन्ट्रास्ट अझै राम्रो हुनेछ ।

यी दुवै फोनको सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) १२ प्रतिशत र ग्राफिपिक प्रोसेसिङ यूनिट (जीपीयू) २१ प्रतिशत बढी शक्तिशाली रहेको कम्पनीले जनाएको छ । सामसुङ कनेक्ट एपमार्फत स्मार्ट घरेलु उपकरणलाई चलाउन सकिन्छ ।

यी पनि पढ्नुस्

ग्यालेक्सी एस ८ प्लस भर्सेस एप्पल सेभेन प्लसः कुन कति अब्बल ?

आइफोनलाई पछार्ने यी हुन् ग्यालेक्सी एस८ का १० विशेषता

सामसुङले ल्यायो ग्यालेक्सी S8 र S8 प्लस, यस्ता छन् विशेषता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment