Comments Add Comment

भाजपा नेतासहित १३ जनालाई आपराधिक षडयन्त्रको मुद्दा


६ बैशाख, काठमाडौं । १८ औं शताब्दीको बाबरी मस्जिद भत्काइको घटनामा भारतको सर्वोच्च अदालतले सत्तारुढ भाजपाका बरिष्ठ नेताहरुसहित १३ जनालाई आपराधिक षडयन्त्रको मुद्दा चलाउन आदेश दिएको छ ।

लखनऊको विशेष सीबीआई न्यायाधीश श्रीकान्त शुक्लको इजलाशले सन् २००१ को मई चार तारिकमा आपराधिक षडयन्त्रको मुद्दा खारेज गरिदिएको थियो ।

तर, बुधबार सर्वोच्च अदालतले भाजपाका पूर्वप्रमुख तथा पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणी र मन्त्री उमा भारतीलगायतका नेतालाई मुद्दा चलाउन आदेश दिएको छ ।

सन् १९९२ मा डिसेम्बर ६ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काइएको थियो । त्यसपछि हिन्दु र मुस्लिम समुदायबीच भड्किएको दंगामा झण्डै दुई हजार जनाको ज्यान गएको थियो ।

यद्यपी आरोपीहरुले आफूहरुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् ।

आउनुहोस् जानौं को-को हुन् आरोपी

लालकृष्ण आडवाणीः भारतीय जनता पार्टीको संस्थापक नेता लालकृष्ण आडवाणीले १९९१ मा गुजरातको सोमनाथ मन्दिरबाट रथयात्रा निकालेका थिए । त्यसपछि बाबरी मस्जिदको विषयमा आन्दोलन चर्काए । अटल बिहारी बाजपेयीको नेतृत्वमा आडवाणी गृहमन्त्री समेत बने ।

मुरली मनोहर जोशीः मुरली मनोहर जोशी अटल बिहारी वाजपेयीको सरकारमा मानव संशाधन विकास मन्त्री रहेका थिए ।

उमा भारतीः मध्य प्रदेशको पूर्वमुख्यमन्त्री उमा भारतीयमाथि पनि बाबरी मस्जिद भत्काइएको आरोपमा आपराधिक षडयन्त्रको मुद्दा चल्नेछ । भारती हाल नरेन्द्र मोदी नेतृत्वको सरकारमा केन्द्रीय मन्त्री छिन् ।

अदालतको आदेशपछि पत्रकार सम्मेलन गर्दै उमा भारतीले भनिन्, ‘अपराध अझै प्रमाणित भइसकेको छैन । र, म राम, गंगा तथा अयोध्याका लागि इन्द्रको पदसमेत छोड्न तयार छु । मन्त्रीको पद त सामान्य हो ।’

कल्याण सिंहः अयोध्यामा ६ डिसेम्बर १९९२ मा जब बाबरी मस्जिद भत्काइयो त्यो समय उत्तर प्रदेशमा कल्याण सिंहको नेतृत्वमा भाजपाको सरकार थियो । कल्याण सिंह हाल राजस्थानको राज्यपाल हुन् । सर्वोच्च अदालतले यो स्पष्ट पारेको छ कि राज्यपाल रहँदासम्म उनीमाथि कुनै पनि मुद्दा चल्नेछैन ।

बाल ठाकरेः उग्र हिन्दुवादी राजनीतिक दल शिव सेनाको संस्थापक बाल ठाकरेको नाम पनि आपराधिक षडयन्त्रको मुद्दा दर्ता हुनेहरुको सूचीमा छ । ठाकरेको १७ डिसेम्बर सन् २०१२ मा निधन भएको थियो । जसका कारण अब उनको नाम सूचीबाट हटाइएको छ ।

विनय कटियारः भाजपाको फायरब्राण्ड नेता विनय कटियार उत्तरप्रदेशको फौजावादका हुन् । उनी राज्यसभाका सदस्य छन् ।

अशोक सिंघलः राष्ट्रिय स्वयमंसेवक संघ आरएसएसको संगठन विश्व हिन्दु परिषदको रामजन्मभूमिका लागि चलाइएको आन्दोलनमा अशोक सिंघलको महत्वपूर्ण भूमिका थियो । सिंघलको सन् २०१५ नोभेम्बर १७ मा निधन भएको थियो । जसका कारण उनीमाथि आपराधिक षडयन्त्रको मुद्दा चल्नेछैन ।
महन्त अवैद्यनाथः अवैद्यनाथ गोरखपुरको गोरखनाथ मन्दिरका पूर्व महन्त हुन् । उनी राम जन्मभूमि आन्दोलनका प्रमुख नेता थिए । उनी उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीका गुरु थिए । उनको १३ सेप्टेम्बर २०१४ मा निधन भएको थियो । त्यसैले उनीमाथि पनि मुद्दा चल्नेछन् ।

गिरिराज किशोरः अयोध्यामा राम मन्दिर निर्माण आन्दोलनमा संलग्न गिरिराज किशोरको पनि सन् २०१४ मा निधन भएको थियो । उनी विश्व हिन्दु परिषदका वरिष्ठ नेता थिए । उनको निधन भएकाले आपराधिक षडयन्त्रको मुद्दा चलाउने व्यक्तिहरुको सूचीबाट गिरिराजको नाम पनि हटाइएको छ ।

महन्त नृत्यगोपाल दासः महन्त नृत्यगोपाल दास हाल रामजन्मभूमि न्यासका अध्यक्ष छन् ।

यसका अलावा साध्वी ऋतम्भरा, आरएसएस नेता चम्पत राय, भाजपा नेता सतीश प्रधान, महामण्डलेश्वर जगदीश गुप्त, सीआर बन्सल, भाजपाका पूर्वसांस्द रामविलास वेदान्ती, बैकुण्ठलाल शर्मा र डा. सतीश कुमार नागरको नाम पनि आपराधिक षडयन्त्रको मुद्दा चलाउनेहरुको सूचीमा छ । महन्त रामचन्द्रदास, मोरेश्वर साबे, परमहंस रामचन्द्रदासका भने निधन भइसकेको छ ।

-बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment