मंगलबार, ६ भदौ, २०७४
OnlineKhabar.com

सिंहदरबारको भित्री तस्वीरः भूकम्पको दुई वर्षपछि यस्तो देखियो (फोटो कथा)

कमल प्रसाईं

६ बैशाख, काठमाडौं । दुई वर्ष अघि १२ बैशाखमा आएको विनाशकारी भूकम्पले सिंहदरबारलाई पनि नराम्ररी हल्लायो ।

राणाकालीन दरबारका रुपमा रहेको सिंहदरबारको मुख्य भवन अर्थात स्टेट हल रहेको पश्चिमको ठूलो दरबार क्षतिग्रस्त भयो । त्यहाँ रहेको प्रधानमन्त्री कार्यालय अन्यत्र सार्नुपर्‍यो । तर, सिंहदरबार भत्काएर नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने भन्ने निर्णयमा पुग्न झण्डै दुई वर्ष लाग्यो ।

पछिल्लो पटक रेट्रोफिटिङ गर्ने योजना बनेको छ । तर, अहिलेसम्म बाहिर देख्नु बाहेक सिंहदरबारको मुख्य भवनमा के कति क्षति भएको छ भन्ने सार्वजनिक भएको थिएन ।

बुधबार सिंहदरबारका महत्वपूर्ण कोठाहरु खोलिएको छ । भवनका भित्ताहरु चिराचिरा परेका छन् भने त्यहाँ रहेका टेबल, कुर्सी, कार्पेट लगायतका सबै बस्तु त्यत्तिकै अलपत्र छाडिएको रहेछ जसमा बाक्लो धुलो जमिसकेको छ ।

रेट्रोफिटिङका लागि अध्ययन गर्न पुगेको पुनर्निर्माण प्राधिकरणको टोलीसँगै त्यहाँ पुगेर हामीले केही तस्वीर कैद गरेका छौं, जसले भूकम्पका कारण सिंहदरबारको मुख्य भवनमा पुगेको क्षतिलाई देखाउँछ ।

 

२०७४ वैशाख ६ गते १९:१० मा प्रकाशित (२०७४ वैशाख ७ गते ९:५०मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
६ प्रतिकृयाहरू प्राप्त
  • Prof. Dr. Tek Raj Gyawali लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते २०:१४

    My utmost request is you just leave Singh Durbar as it is after earthquake….just make it empty for tourist place with historical meaning. Neither it is needed to have retrofitting or collapse and erect new one. I had strongly opposed to open Dharhara for business purpose…..no one listened….more severe casualties….I here by claim that if Dharhara was alone, it would not have been collapsed.
    It is my freelance idea for your news.

    18
    4
    Share

  • Narayan Thapa लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते २२:०९

    hera yesta puratatwik kura ko jagerna pani garna nasaknu. dhukha lagxa yesto dekhda

    3
    0
    Share

  • pardeshi लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते २:१४

    सङ्रक्छण गर्न पर्छ , सङ्राहलयेको रुपमा बिकास गर्न पर्‍यो ,

    6
    0
    Share

  • Dinesh Timisina लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ७:०७

    Chadai purnarnirman hos… Thank you for pics onlinekhabar.com

    4
    0
    Share

  • nara bahadur moktan लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १०:०५

    Yestai samrakshan hoina yestai punarnirman garnu uchit hola.

    3
    0
    Share

  • siyan लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ११:५७

    दुर्भाग्य फोटोहरु देखेर मनमा चसक्क के आयो भने, आपका जाए न बापका जाए, यत्रो समयमा सरसफाई सम्म पनि गरियेनछ

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this