Comments Add Comment

सम्मेलन तयारीमा होमियो एएनए

२० अप्रिल, अमेरिका । दी एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) सम्मेलनको तयारीमा जुटेको छ । एएनए सम्मेलन म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा जुन ३० मा सुरु हुँदैछ ।

एएनए कार्यकारी समितिले सम्मेलनलाई सफल बनाउन प्रारम्भिक मूल आयोजक समिति गठन गरेको छ ।

वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीलाई सम्मेलन तयारी समितिको सभापति र प्रेमराजा महतलाई स्थानीय सभापतिमा मनोनित गरेको एएनएले विजय श्रेष्ठलाई संयोजक मनोनित गरेको छ । एएनएले विभिन्न राज्यबाट सम्मेलन आयोजक समिति सदस्यसमेत मनोनित गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment