Comments Add Comment

नेयमारले सहन सकेनन् हार, विपक्षीको अंगालोमा यसरी रोए

७ बैशाख, काठमाडौं । च्याम्पियन्स लिगको मेडल जित्ने सपना टुटेपछि बार्सिलोनाका नेयमारले आफूलाई सम्हाल्न सकेनन् र मैदानमै रोएका छन् ।

पहिलो लेगमा ३-० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदानमा पुनरागमन गर्न चाहेको थियो । तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनका अगाडि केही लागेन र समग्रमा ३-० को हार व्यहोर्दै बाहिरिएको छ ।

रेफ्रीले खेल सकिएको संकेत गरे लगतै नेयमार गहभरी आँसु पार्दै रोए । उनलाई टिममेटले मात्र होइन, विपक्षी टिमका खेलाडीहरुले पनि सहानुभूति दिए ।

तर, नेयमारको आँसु थामिएन । उनी बार्सिलोनाबाट युभेन्टस गएका ब्राजिलियन डिफेण्डर ड्यानी अल्भेसको काँधमा टाउको राखेर रोएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment