आइतबार, ११ असार, २०७४
OnlineKhabar.com

नगरकोटीको गुनासोः दुखिया साहित्य र मार्क्सवादले पिर्‍यो

अनलाइनखबर

कुमार नगरकोटी । तस्वीर: विकास कार्की

लेखक कुमार नगरकोटी लेखनको अलग शैली र हुलियाबाटै साहित्यको भिड र बजारमा प्रष्टै चिनिन्छन् । लेखनको सुरुवाती समयमा उनी घरभन्दा बढी घाट र नदीकिनारमा भेटिन्थे, पछिल्लो समय भिडमै रमाउन थालेका छन् । एकान्तमा रमाउने यी दुर्लभ मनुवा अहिले साहित्यिक मेलादेखि युट्युबका भिडियोहरुसम्ममा उपलब्ध भइरहेका हुन्छन् ।

बाहिरी दुनियाँमा घुलमिल हुन थालेयता उनले नेपाली साहित्यको परम्परा र प्रवृत्तिको नाडी पनि छामिरहेका छन् । साहित्यको समग्र अवस्था र लेखनमा आफ्नो मान्यताबारे उनी के भन्छन् त ? पढौं उनकै शब्दमाः

साहित्यमा मैनाली पथको ढर्रा

मैले १६ वर्षदेखि ३० वर्षको उमेरसम्म भयानक पढेँ । अचेल त सेलेक्टेड मात्र पढ्छु । सेलेक्ट हुँदाहुँदा यो यस्तै हो भन्ने लाग्छ । पहिलो वाक्यले नै धारणा बनाइदिन्छ, यो किताब पढ्ने कि नपढ्ने ।

आजकाल मलाई नेपाली साहित्य नै चित्त बुझिरहेको छैन । म नेपाली साहित्य त्यति पढिरहेको छैन । कहिलेकाहीँ एकदमै दुःख लाग्छ । अन्य देशको दाँजोमा त्यति लामो इतिहास नभए पनि नेपालको लिटरेचर हेर्दा फिक्सनको अवस्था देखेर चिन्ता लाग्छ ।

अहिलेसम्म हाम्रो साहित्य अहिलेसम्म पनि पुरानै प्याटर्नलाई मात्र बोकेर गुरुप्रसाद मैनालीकै पथमा हिँडिरहेको छ । फेरि मैनाली गलत हुन् भन्न खोजेको पनि होइन । तर, कहिलेसम्म हामी यसरी नै जाने ?

गुरुप्रसाद मैनालीदेखि अहिलेसम्मको इतिहास हेर्दा, यो लाइनमा मदन पुरस्कार पाएको वा कुनै पनि पुरस्कृत र नन-पुरस्कृत किताब पढ्नुस्, यू डन्ट फाइन्ड एनि इनोभेटिभ थिङ्स । न्यारेसन त्यही छ । कथा त कति छ कति छ । तर, कथालाई प्रेजेन्ट गर्ने तरिकाहरु उही छन् । ह्वाट आर द टुल्स इन योर फिक्सन, इन योर राइटिङ ? लेखकको निजीपन छैन । जहाँ हेर्‍यो, पत्रिकाको स्टोरीहरुदेखि अरु कुरा, क्याप्टिभेट नै गर्दैन ।

नेपाली वुमेन राइटरहरुमा मैले रुचाउने खालको लेख्ने कोही पनि देख्दिनँ । अहिलेसम्म हाम्रो साहित्य अहिलेसम्म पनि पुरानै प्याटर्नलाई मात्र बोकेर गुरुप्रसाद मैनालीकै पथमा हिँडिरहेको छ । फेरि मैनाली गलत हुन् भन्न खोजेको पनि होइन । तर, कहिलेसम्म हामी यसरी नै जाने ?

लेखनमा मैले खासै नयाँ कुरा ल्याएको हैन । मैले भन्ने गरेको छु, मैले त्यो लेखेँ, जुन मैले पढ्न चाहँदा नेपाली साहित्यमा पाइनँ ।

५० वर्ष पुगेपछि लेखनबाट सन्यास !

म केही वर्ष अगाडिसम्म टिचिङ गर्थेँ, अब लेखनमै लाग्छु भनेर नोकरी छोडेँ । अहिलेसम्म राजीनामा पनि दिएको छैन । म यस्तै छु ।

अहिले अफिसियल्ली ४१ वर्ष पुगेँ । ५० वर्षसम्म चाहिँ आनन्दसँग लेख्छु । किनभने मलाई आनन्द लाग्छ । ह्वेर आई फाइन्ड माई आनन्द ? कहाँ भेट्छु त आनन्दभन्दा राइटिङमा आनन्द लाग्छ । म एक-एक वर्षमा किताब पनि निकाल्थेँ होला सायद । नलेख्न पनि सक्थेँ । कुनै त्यस्तो हार्ड एन्ड फास्ट रुल्स छैन । आनन्दसँग डिफ्रेन्ट आइडियाहरुमा लेख्दै जाऊँ ।

मेरो कुनै योजना नै छैन । साहित्यमा आउने पनि मेरो कुनै योजना थिएन । यस्सै आइपुगिएको हो र यस्सै पनि जान्छु म । फिफ्टी इयर्ससम्म म लेख्छु भन्ने लागेको हो । यो ५० वर्षसम्म कति वटा किताब लेख्नु । वर्षमा एउटा लेखूँला । त्यही हो ।

बुढेसकालसम्म लेख्नुपर्छ भनेर बलजफ्ती तान्ने कुरा छैन । ५० वर्ष पुग्दासम्म मात्र लेखनमा सक्रिय रहन्छु र त्यसपछि म सायद लेख्दिनँ । सायदको कुरा छ अहिलेसम्म ।

मेरो फेमिलीमा कोही पनि नगरकोटी छैन । मेरो छोराको थर श्रेष्ठ नै लेख्देको छु । किनभने ऊ श्रेष्ठ नै हो । बुवाले जागिर खाने सिलसिलामा नगरकोटी लेख्नुभएको थियो, खासमा उहाँ श्रेष्ठ नै हो

आई डन्ट वान्ट टु ड्र्याग माइसेल्फ लाइक अदर राइटर्स । बुढेसकालसम्म म लेख्नै जन्मिएको हो, म लेख्दालेख्दै मर्छु भन्ने छैन । आई क्यान सिफ्ट टु अदर जनरा । म सिनेमै बनाउँछु होला । सर्ट मुभीहरु बनाउँछु होला । अरु नै केही गर्छु होला । सायद केही गर्दिनँ होला । आई एम जस्ट इन द जर्नी । एउटा यात्रामा छु ।

नगरकोटी के हो के हो !

एउटा जमातमा म नगरकोटी भनेर चिनिएको छु । किताबमा पूरै नाम नलेखी नगरकोटी मात्र लेख्न थालेको छु । नयाँ किताबमा त नगरकोटी पनि उडेको छ । बिस्तारै बिस्तारै म त्यो जर्नीतिर जाँदै छु ।

तर, म आफैं नगरकोटी पनि हैन । घरमा पनि म नगरकोटी हैन । अफिसियल्ली कुरा गर्दा मेरो फेमिलीमा कोही पनि नगरकोटी छैन । मेरो छोराको थर श्रेष्ठ नै लेख्देको छु । किनभने ऊ श्रेष्ठ नै हो । बुवाले जागिर खाने सिलसिलामा नगरकोटी लेख्नुभएको थियो, खासमा उहाँ श्रेष्ठ नै हो ।

मान्छेहरु मलाई सोध्छन्, नगरकोटी भनेको के हो ? नगरकोटी के हो के हो ! जुन नामलाई मैले लिइरहेँ, खासमा म त्यो होइन । के रै’छ त नगरकोटी भनेर हिस्ट्री पनि हेरेँ । पृथ्वीनारायण शाहको विरुद्धमा लड्न जयप्रकाश मल्लले गढवालदेखि ५ हजार लडाकुहरु ल्याएका थिए । तिनीहरु नै नगरकोटी थिए । मल्लले जितेको भए नगरकोटीहरुको राज हुन्थ्यो होला । तर, युद्ध त पृथ्वीनारायणले जिते, नगरकोटीहरु लाखापाखा छरिए । नगरकोटीहरु धनीमानी भएको औंलामा गन्न सकिन्छ होला ।

वाद र विचारभन्दा परको चरा

नेपालमा दुःखिया साहित्य किन धेरै छ र माक्सिर्ज्म यहाँ किन छ ? आज हेर्दा सबै कुरा त्यही एउटा बास्केटमा आउन सक्छ

पाठकको रुपमा म धेरै लेखकबाट चमत्कृत भएको छु । टाइम-टाइममा युगदेखि युगसम्म त्यस्ता धेरै लेखक छन् । मलाई वाद र विचारदेखि बाहिर रहेर लेखिएका कुरा मन पर्छ । मलाई सदा कस्तो लाग्ने भने बेयोन्ड जानुपर्छ । आई डु नट बेलोङ टु एनि रिलिजन, आई डु नट बेलोङ टु कास्ट, कन्ट्री । यो सबमा मलाई कुनै मतलब लाग्दैन । आई एम विदआउट कन्ट्री भन्ने फिलिङमा हराउन मन लाग्छ । तर, अफिसियल बेग्लै छ ।

मलाई माक्सिर्ज्म, अस्तिववाद लगायत सबै कुराबाट बेयोन्ड रहेर अल्वेज गो अहेड भन्ने लाग्छ, एकदम भित्रैदेखि । त्यसपछि मात्र यु मे रिच सोमह्वेर । मेरो जरा पनि छैन भन्ने लाग्छ । जरा छैन, म चरा हुँ सायद । अर्थात् विचार र वाददेखि पर ।

राइटरहरु विचारको अम्ब्रेलामुनि किन जान्छन् भने विचारले तपाईंलाई सेक्योर गरिदिन्छ । नेपालमा दुःखिया साहित्य किन धेरै छ र माक्सिर्ज्म यहाँ किन छ ? आज हेर्दा सबै कुरा त्यही एउटा बास्केटमा आउन सक्छ । माक्सिर्ज्मले तपाईंलाई सुरक्षा दिन्छ, हाम्रै क्याम्पको मान्छे हो यो भने घेरा बनाउँछ । मलाई केही भइहालेमा मलाई हेर्ने केही/कोही छ भन्ने सर्कल दिन्छ । त्यो बास्केटमा पसेपछि तपाईं स्वतन्त्र र अलग हुनु हुन्न । मलाई लाग्ने चाहिँ, बी इन्डिभिजुअल एन्ड ट्राई टु फाइन्ड योर वोन थिङ्स । यु ह्याट ट् बी अलोन ।

लेखकहरु ‘कम्फोर्ट जोन’ बाट कहिले निस्किने ?

मान्छे सामान्यतया आफ्नो परिचित स्पेसमा रहन्छ । मेरो भनाइ चाहिँ परिचित स्पेसबाट अपरिचित स्पेसमा जानुपर्छ । मेरै कलिग्स र कन्टेम्पोरेरी राइटरहरु हेर्दा यी सबै कम्फोर्ट जोनमा बसेर लेख्न चाहन्छन् । किनकि दे डन्ट टेक अ रिस्क । इफ यु डन्ट टेक अ रिस्क एन्ड यु आर ह्याप्पी विद योर कम्फोर्ट जोन, त्यसमा त के आनन्द आयो र ? तपाईं आफैंलाई पनि एकरसता लाग्छ ।

यु ह्याभ टु टेक रिस्क । कम्फोर्ट जोनबाट बाहिर निस्किनुपर्छ । कहिलेकाहीँ आफ्नै बाटोबाट पनि बाहिर निस्किनुपर्छ, त्यसपछि अनेक चिजहरु देख्न सकिन्छ ।

यु आर नट राइटिङ वन्ली स्टोरी, यु आर क्रियटिङ यो वोन इक्जिस्टेन्स अल्सो । पत्रिकाहरुमा यसो लेख्नकै लागि लेख्ने हो भने कम्फोर्ट जोनमा बस्नु ठीकै होला । म चाहिँ अपरचित-अपरिचिततिर गएर सोच्न र लेख्न चाहन्छु । कम्फोर्ट जोनबाट बाहिर निस्किएर गर्न सकियो भने हुने हो ।

उदाहरणको लागि, धेरै मान्छेले एकदमै नराम्रो किताब भने, तर त्यो किताब मलाई मन पर्‍यो । नयनराज पाण्डेको उपन्यास ‘घामकिरी’ । नयनराजले राइटिङमा सामाजिक यथार्थवादलाई बेस बनाउँदै आफ्नै शैली बनाएका छन् । तर, त्योभन्दा अलग रहेको घामकिरी पढ्दा मलाई आनन्द आयो । नयनराजको सुन्दर किताब नै त्यही लाग्छ । कुन अर्थमा भने, द्याट म्यान ह्याज डेस्ट्रोय हिज वोन बाउन्ड्री । उनले रिस्क लिँदै आफ्नो कम्फोर्ट जोनभन्दा बाहिर बसेर लेखे । त्यसैले यो फेल होला, सक्सेस नहोला, ब्लकबस्टर होला वा जिरो होला भन्ने सोचेर लेख्न थाल्यो भने त काम छैन । त्यस्तो कुरामा हू केयर्स !

२०७४ वैशाख ७ गते १०:४३ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • Pawan लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:४४

    Kumar Nagarkoti an amazing writer. Inspired by his thoughts and writings!

    4
    0
    Share

  • Chiran Kandel लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते ९:०५

    Ghatmandu pachi Nagarkoti sir ko kun book aaudai chha? Kripaya janakari pau.

    0
    0
    Share

  • shine लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते १४:२९

    toit suddha nepali kaha bhetaune , hahha sabai english sabda lai nepali lipi ma lekhdai ma sabaile bujdaina onlinekhabar.com

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this