Comments Add Comment

कालो जिउ र सबैभन्दा ठूला वक्षस्थल बनाउन युवतीले गरिन् ६५ लाख खर्च

पहिले
अहिले

सुन्दरता भन्ने चिजको कुनै कसी हुँदैन । एउटा व्यक्तिले सुन्दर मानेको चिज अर्को व्यक्तिका लागि कुरुप हुनसक्छ । हर कोहीका लागि सुन्दरताको परिभाषा फरक फरक हुन्छ । हाम्रो समाजमा गोरो तथा सलक्क परेको जिउडाल, सुन्दर मुखाकृति, पुष्ट वक्षस्थल तथा नितम्ब भएका नारीहरुलाई सुन्दर भन्ने गरिन्छ । तर सुन्दर जिउडाल हुँदाहुँदै एक मोडलले आफ्नो जिउ कुरुप बनाउन झण्डै पौने लाख रुपैयाँ खर्च गरेकी छिन् ।

आफ्नो जिउको गोरो वर्णलाई कालो बनाउन तथा सबैभन्दा ठूला वक्षस्थल बनाउनका लागि उनले सर्जरी गरी लाखौँ रुपैया खर्च गरेकी हुन् ।

जर्मन मोडेल मार्टिना बिगले आफ्नो जिउको वर्णलाई कालो बनाउन तथा स्तन बडेमाका बनाउनका लागि सर्जरी गराइन् र पूर्ण रुपमा बदलिइन् । उनी अहिले युरोपकी सबैभन्दा ठूलो वक्षस्थल भएकी महिला बनेकी छिन् । उनको वक्षस्थलको साइज् ३२ एस छ । त्यसका लागि उनले ३।४ पटक शल्यक्रिया गरेर स्तन प्रत्यारोपण गरेकी छिन् ।

उनले जिउ कालो बनाउनका लागि ट्यान इन्जेक्सन लिइरहेकी छिन् । ट्यानिंग गरेर छाला कालो पार्नका लागि अहिलेसम्म उनले तिनवटा सुई लिइसकेकी छिन् र जिउ अझै कालो बनाउन अझै सुई लगाउने सोँचमा छिन् ।

मार्टिना पहिले एयर होस्टेज थिइन् । तर आफ्नो ठूला वक्षस्थल र कालो छाला बनाउने सपना पूरा गर्न उनले जागिर छाडिन् ।

उनका केटासाथी  पनि यस्तै शौख भएका छन् । उनले पनि जिउ कालो बनाउनका लागि सुई लिने गर्छन् ।

आफुुले आफ्नो वक्षस्थलको साइज घरमै घटाउन तथा बढाउन सक्ने मार्टिना बताउँछिन् । अब नितम्बको आकार पनि बढाउने उनको सोच छ ।
डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment