Comments Add Comment

दयाहाङ र बर्षालाई राखेर बन्ने भयो ‘मिस्टर झोले’, प्रियंकालाइ कथाले मागेन


चलचित्र ‘मिस्टर झोले’को शुभसाइत गरिएको छ । चलचित्रको छायांकन भने वैशाख ११ गतेबाट कास्कीमा सुरु हुने निर्माणपक्षले बताएको छ । बिहिबार बिहान चलचित्रको शुभसाइत नक्सालको भाटभटेनी मन्दिरमा गरिएको छ । यो चलचित्रको निर्देशन भने रामबाबु गुरुङले गर्नेछन् । चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दिया पुनको साथमा वुद्धि तामाङ, प्रविण खतिवडा, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहनेछ ।

यस अगाडि दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘झोले’मा नायिका प्रियंका कार्की र कलाकार ए गुरुङ थिए, जो यसमा दोहोरिएका छैनन् । ‘झोले’ थोरै कलाकार राखेर तयार भएको थियो भने ‘मिस्टर झोले’मा मल्टिस्टारर कलाकार छन् ।

यो चलचित्रका लागि निर्देशक रामबाबु गुरुङले महंगो पारिश्रमिक लिएको चर्चा समेत चलेको थियो । चलचित्रको कथावस्तु नै फरक भएको भन्दै निर्माता टेकेन खड्काले यसलाई ‘झोले’को सिक्वेलको रुपमा नहेर्न आग्रह गरे । यो चलचित्रमा किन प्रियंका कार्की हुनुभएन भन्ने प्रश्नमा टेकेनले भने-‘यो कथाले नै नमागेर हो ।यसपटक हाम्रो ‘झोले’ गाउँले परिवेशमा हुनेछ ।’

रौनक विक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रलाई शैलेन्द्र डी कार्कीले खिच्नेछन् । चलचित्रलाई यहि बर्षको मंसिर महिनासम्म प्रदर्शनमा ल्याइने जानकारी निर्माणपक्षले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment