Comments Add Comment

सेञ्चुरीको हकप्रद र बोनस पारित, दुई संस्था एक्वायर गर्ने

७ बैशाख, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको छैठांै वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र दुई संस्था प्राप्ती पश्चात्को पूंजीमा ४० प्रतिशत हकप्रद सेयर ज।री गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको सभाले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न समेत स्वीकृती प्रदान गरेको छ । ४ अर्ब ७ करोड चुक्ता पुँजी रहेको बैंकले यी सहित चार संस्था प्राप्तीबाट करिब रु. २ अर्ब पुँजी प्राप्त हुनेछ ।

८ अर्बको लागि नपुग पूँजी ४० प्रतिशत हकप्रद शेयर र चालु आवमा हुने मुनाफाबाट बोनस वितरण गरेर पुर्याउने बैंकले जनाएको छ । सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलय संख्या ९० पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment