Comments Add Comment

प्रिमियम फिचर खोज्नेलाई ग्यालेक्सी एस८ र एस८ प्लसले आकषिर्त गर्नेछन्


सामसुङका पछिल्ला दुई स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । केही दिनअघि लन्च गरिएका सामसुङ ग्यालेक्सी एस८ र एस८ प्लसको नेपाली प्रयोगकर्ताले तीव्र प्रतिक्षा गरिरहेका थिए ।

यसअघिको नोट ७ मा ब्याट्री पड्किने समस्या देखिएपछि गत वर्ष सामसुङले नेपालमा सो फोन ल्याएन । अहिले एस सिरिज अन्तर्गतको एस७ पछि हाई रेन्जमा एस८ र एस८ प्लसलाई सामसुङले नेपालमा सार्वजनिक गरेको हो । यसै सन्दर्भमा हामीले सामसुङ नेपालका ह्याण्डफोन डिभिजन प्रमुख प्रणयरत्न स्थापितसँग कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः

एस८ र एस८ प्लस कस्ता ग्राहकलाई लक्षित गरेर ल्याउनुभएको हो ?

हाइ फिचर्स आवश्यकता भएका ग्राहकलाई लक्षित गरेर हामीले अहिले एस८ र एस८ प्लस ल्याएका हाैं । आकर्षक डिजाइन खोज्ने, उच्चस्तरको क्यामेरा चाहिने ग्राहकबर्गलाई यी दुई फोनले आकषिर्त गर्नेछन् ।

दुवै फोनमा ६ महिनाको इन्स्योरेन्स सेवा ल्याउनु भएको छ, यसको उद्देश्य के हो ?

स्मार्टफोनमा सबैभन्दा कमजोर पार्ट भनेको स्क्रीन हुन्छ । साथै यसको मूल्य पनि बढि नै हुने गरेको छ । हामीले उत्पादन गरेका स्मार्टफोनको  स्क्रीनको मूल्य फोनको मूल्यको झण्डै ६० प्रतिशतको हाराहारीमा छ ।

नयाँ मोबाइल किनेपछि तत्कालै कभर राख्न पनि भ्याइएको हुँदैन । नयाँ मोबाइलमा बानी पनि परिरहेको हुँदैन । जसका कारण खस्ने सम्भावना पनि प्रबल हुन्छ । हामीले खोलेका रिपेयरिङ सेन्टरमा किनेको केहि महिनामै स्क्रीन फुटेका कारण मर्मत गर्न धेरै आउँछन् । त्यसैले महंगो मोबाइल खस्दा स्त्रिmन फुटेर निराश हुन नपरोस् भनेर ६ महिनाको इन्स्योरेन्स सेवा उपलब्ध गराएका हाैं ।

मेरो बिचारमा मोबाइलको इन्स्योरेन्सका लागि ६ महिना प्रशस्त नै हो । त्यसैले यसले ग्राहकलाई आकर्षण गर्न सक्छ ।

कसरी लिन सकिन्छ यो सुविधा ?

फोन किनेपछि ग्राहकले वारेन्टी कार्ड र भ्याट बिल सुरक्षित रुपमा राख्नु पर्दछ । यस्तो बिलमा खरिद गरेको दिनको मूल्य उल्लेख गरिएको हुन्छ । खरिद गरेको दिनदेखि ६ महिनाभित्र खसेर स्क्रीन टुटफुट भएमा ग्राहक उक्त फोन लिएर आधिकारिक विक्रेताकोमा जानु पर्दछ । यसपछि आधिकारिक बिक्रेताले नै त्यसको रिपेयरिङको प्रोसेसिङ गरिदिन्छन् । ग्राहकले यस समयमा इन्स्योन्सको सेवा लिनको सामान्य केहि रकम तिर्नुपर्दछ ।


नोट सेभेनमा समस्या देखेपछि रिकल गर्नुपर्‍यो । त्यसले तपाइहरुलाई ठूलो नोक्सानी पनि भयो । त्यो सेटब्याकपछि पहिलोपटक अर्को प्रिमियम सेरिज लिएर आउनुभएको छ । के एस८ र एस८ प्लसले त्यो ग्यापलाई पूर्ति गर्नसक्ने सम्भावना देख्नुभएको छ ?

सामसुङले वर्षेनि दुई फ्ल्यागसिप सार्वजनिक गर्ने गरेको छ । एस सिरिज र नोट सिरिज । गत वर्ष एस सिरिज एस७ नेपालमा ल्यायौ । तर नोट७ विश्वबजारमा आएको भए पनि कारणबस नेपालमा भित्राएनौं । अहिले एस८ र एस८ प्लस ल्यायौं । यो त हाम्रो नियमित प्रक्रिया नै हो ।

एस८ र एस८प्लसले बिश्वबजारमा सार्वजनिक हुनासाथै निकै राम्रो रेस्पोन्स पाएको छ । नेपाली बजारमा पनि हामी त्यही आशा र बिश्वास गरेका छौं ।

पछिल्लो दिनमा इन्ट्री लेभल स्मार्टफोन र मिडरेन्ज स्मार्टफोनमा अन्य ब्राण्डबाट चर्को दबाब बेहोर्नुपरिरहेको छ । सोही कारण तपाइँहरुले प्रिमियम प्रोडक्टतिरै बढि ध्यान दिनुभएको हो ?

सामसुङ अहिले विश्वबजारमा एउटा यस्तो कम्पनी हो जसका २ हजारदेखि १ लाखसम्मका फोनहरु बजारमा उपलब्ध छन् । अहिले पनि नेपाली बजारमा हाम्रा २० वटा मोडल उपलब्ध छन् । नेपाली ग्राहकको इच्छा र आवश्यकता अनुसारका नै हामीले फोनहरु भित्राउने गरेका छौ ।

त्यसो त अहिले पनि १० देखि २५ हजार रेन्जका मोबाइलको नै यहाँ बढि बिजनेस हुने गर्दछ । पि्रमियम सेगमेन्टसँगै त्यो सेगमेन्ट पनि छाडेका छैनौं । त्यसलाई पनि प्राथमिकतामा नै राखेका छाैं ।


नेपालमा तपाइहरुले के कस्ता नयाँ स्किमहरु दिनुभएको छ जसले गर्दा उपभोक्ताहरु अन्य फोनबाट ग्यालेक्सी एस८तिर सिफ्ट हुनेछन् ?

इन्स्योरेन्सको सुबिधा र एनसेलको डाटा प्याकले ग्राहक आकर्षण गर्दछ भन्ने हाम्रो विश्वास छ । साथै हामीले अहिले पि्रबुकिङको पनि व्यवस्था गरेका छौ ।

प्रिबुकिङ गर्नेहरुलाई झण्डै ९ हजार रुपैयाँ मूल्य पर्ने लेभल बक्स स्लिम ब्लुटुथ स्पीकर पनि दिइनेछ । यसले पनि ग्राहकलाई आकर्षण गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment