Comments Add Comment

मधेसी मोर्चा र प्रहरीबीच गौरमा झडप, मोर्चाका तीन नेता पक्राउ

७ बैशाख, रौतहट । मधेसी मोर्चा र प्रहरीबीच रौतहटको गौरमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ भने पूर्वसभासदसहित तीन जनालाई पक्राउ गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार मोर्चाका कार्यकर्ताहरुले बिहीबार गौरमा लाठी र सिठ्ठी जुलुस निकालेका छन् । जुलुस गौर बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर नाराबाजी गरेको थियो । सरकारविरुद्ध नाराबाजी गरिरहेका मोर्चाका कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

नगरपालिका कार्यालयभित्र क्षेत्रनम्बर ६ बाट निर्वाचित एमालेका सांसद रामकुमार भट्टराईलाई देखेपछि मोर्चा कार्यकर्ताहरुले ढुंगामुढा गरेका थिए ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरी मोर्चाका कार्यकर्ताहरुलाई तितरबितर पारेको थियो । सो क्रममा पूर्वसभासद रम्भा देवी, रामेश्वर यादव र अरुण सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनैजना तमलोपाका नेताहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment