Comments Add Comment

विदेशी दूतहरुसँग उद्योगमन्त्री : नेपाल भर्जिन देश हो, लगानी ल्याउनुस्

७ चैत काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपालमा लगानीका लागि आ–आफ्नो देशमा लविङ गरिदिन विदेशी दूतहरुलाई आग्रह गरेका छन् । उनले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय भएको बताए ।

बिहिबार उद्योग मन्त्रालयले आयोजना गरेको कुटनीतिक नियोगका प्रतिनिधीसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री जोशीले भने, ‘नेपाल भर्जिन एरिया हो, कुटनीतिक नियोगका अधिकारीहरुले बिदेशी लगानी भित्राउन लबिङ गरिदिन पर्यो ।’

उनले लगानीका लागि आवश्यक पर्ने नीतिगत संसोधन सरकारले गर्ने जानकारी दिए । नेपालमा आएका बिदेशी कम्पनीले राम्रो मुनाफा कमाएको समेत उनले बताए ।
‘नेपालमा राम्रो मुनाफा कमाउन सकिन्छ भन्ने सन्देश आफ्ना देशका लगानीकर्तासमक्ष पुर्याइदिनुस,’ मन्त्री जोशीले भने ।

सरकार अहिले उत्पादनमुलक क्षेत्रका उद्योगमा केन्द्रित भएको भन्दै उनले देशका सबै राजनीितिक दलहरु आर्थिक मुद्धामा एकै ठाउँमा रहेको पनि बताए ।
मन्त्री जोशीले थपे ‘लगानी सम्मेलनमा बोल्दै प्रतिपक्षि दलका नेताहरुले पनि हामी बैदेशिक लगानीलाई स्वागत मात्रै होइन सघाउनसमेत तयार छौं भन्नुभएको छ, त्यसैले यो वैदेशिक लगानीकर्ताका लागि लगानीका लागि उचित समय हुनसक्छ । ’

राजदुतहरुको चासोः श्रम ऐन कहाँ पुग्यो ?

मन्त्री जोशीले उद्योग क्षेत्र बिकासका लागि आवश्यक ऐन–नियमको परिमार्जन गरेको जानकारी दिदै गर्दा अमेरीकी डेपुटी चिफ अफ मिसन माइकल गोन्जालेजले श्रमिक कानुनको बारेमा चासो राखे । गोन्जालेजले सोधे, ‘५ वर्षदेखि यसको बारेमा चर्चा भएको छ तर आउन सकेको छैन, यसको अवस्था के छ अहिले ? ’
मन्त्री जोशीले यो कानुन आफुले नभई श्रम तथा रोजगार मन्त्रालयले निर्माण गर्ने र यसको ड्राफ्टिङ सकिएको जानकारी दिए । कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधीहरुले श्रमिक ऐन छिट्टै ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

साथै उनीहरुले जलवायू परिवर्तनलाई ध्यान दिएर नेपालमा बिकासका काम अघि बढाउन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment