Comments Add Comment

विजय गच्छदार र गोपाल दहितबीच एकता, पार्टीको नाम फेरियो

७ बैशाख, काठमाडौं । विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच बिहीबार एकीकरण भएको छ ।

एकीकरण पछि पार्टीको अध्यक्ष गच्छदार नै रहनेछन् भने थारुलाई सहअध्यक्षको जिम्मेवारी दिइने छ ।

पार्टीको नाम भने नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको छ । एक हप्ताभित्रै एकता महाधिवेशन गर्ने र पार्टीको नाम तथा जिम्मेवारी टुंगो लगाउने थरुहट तराई पार्टी नेपालका नेता एवम् सांसद गोपाल दहितले जानकारी दिए ।

यसअघि थरुहट तराई पार्टी नेपालकी सांसद गंगा थारु बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी थिइन् ।

त्यसैगरी फोरम लोकतान्त्रिकसँग शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाती पार्टीकी यशोदा लामाले पनि एकता गरेका थिए।

यो पनि पढ्नुहोस् 

मिले मधेस केन्द्रित पाँच दल, नाम राखियो ‘राजपा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment