Comments Add Comment

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद बोर्डबाट स्वीकृत, नयाँ पुँजी पुर्याउन अझै ४७ करोड आवश्यक


७ बैशाख, काठमाडौं । विहीबार धितोपत्र बोर्डले सिद्धार्थ इन्स्योरेन्सको हकप्रदलाई स्वीकृति दिएको छ । कम्पनीले ५ बराबर २.१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । कम्पनीको हकप्रद सेयर जारी पछि पुँजीमा ८ करोड ६२ लाख रुपैयाँ थपिनेछ । ३४ करोड रुपैयाँ पुँजी रहेको कम्पनीले हालै ३० प्रतिशत बोनस सेयर पनि दिएको छ । यससहित कम्पनीको कुल चुक्ता पुँजी ५३ करोड ४४ लाख पुग्नेछ ।

बिमा समितिले तोकेको १ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले लगभग ८८ प्रतिशत हकप्रद वा बोनस फेरी पनि दिनुपर्छ या त कम्पनी मर्जरमा जानुपर्ने हुन्छ । समितिले कम्पनीहरुलाई २०७५ असारसम्म पुँजी पुर्याउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment