Comments Add Comment

नरेन्द्र मोदी विश्वकै दोस्रो प्रभावशाली नेता !

७ बैशाख, काठमाडौं । अमेरिकाको चर्चित पत्रिका टाइमले सन् २०१७ मा विश्वका सर्वाधिक प्रभावशाली १०० व्यक्तिको सुची सार्वजनिक गरेको छ । सूचीको प्रभावशाली नेता विधामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो स्थान पाएका छन् ।

यो विधामा बेलायतकी प्रधानमन्त्री थेरेसा मे पहिलो स्थानमा छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने चौंथो स्थानमा धकेलिएका छन् । उनलाई उछिन्दै अमेरिकी सिनेटर चुक सुमेरले तेस्रो स्थान कब्जा गरेका छन् ।

चीनका राष्ट्रपति सी जिनपिनलाई दशौं स्थानमा राखिएको छ भने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन आठौं स्थानमा छन् । यस्तै विकलिक्सका संस्थापक जुलियन असान्जलार्इ छैठौं स्थानमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment