बुधबार, ७ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

सगरमाथा नाप्न नेपाल र भारतबीच हानाथाप

अनलाइनखबर


८ वैशाख, काठमाडौं । सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्तरुपमा गर्ने भने पनि सरकारले आगामी साउनदेखि आफैं नाप्ने तयारी थालेको छ ।

त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ । साउनदेखि नाप्ने कामको प्रारम्भ गरिने बताइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा संसारभर चिनिएको शिखर हो ।

विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयक्तरुपमा पुनः नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बताए ।

इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरेको भारतका विज्ञानमन्त्री हर्ष बर्दनले भारतीय सञ्चारमाध्यमलाई बताएका थिए । तर, नेपाल सरकारले भने भारतसँग संयुक्तरुपमा नाप्ने कुरा स्वीकार्य नभएको बताएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

२०७४ वैशाख ८ गते ६:३३ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५ प्रतिकृयाहरू प्राप्त
  • pardeshi लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ७:०६

    हैन के को हानाथाप , यो पर्बत् नेपाल को हो , आँफै नाप्नु पर्‍यो छिटो ,

    41
    1
    Share

  • नेपाली मन लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ९:३५

    हैन यो के को नाटक फेरी । सगरमाथाको उचाई किन नाप्ननु पर्यो । ८८४८ मिटर भन्ने बिर्सिएछन कि कसो दुखि आत्मा हरुले ।

    7
    0
    Share

  • नेपाली माटो लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १५:००

    कहिले नेपाली पर्वत पखेरामा जन्मेका छोराहरुको छाती नापियो, कहिले नेपालीको धैर्यता र बुद्दिमत्तता नापियो, अनि अव नेपाली भूभागको उचाई नाप्न आए अहिले ।

    0
    0
    Share

  • अच्युत लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १५:१९

    के हाम्रो देश नेपाल भारतको उपनिबेश होर हाम्रो देशको सगरमाथा भारतले नाप्नलाइ?

    0
    0
    Share

  • U GUESS लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १५:३६

    यो नाटक साटक होइन यहि निउ बनाएर भारतले चाइनाको जासुसी गर्न उपकरण सेटिंग गर्ने बाटो हो / त्यसैले आफ्नै देशभित्रको सगरमाथाको उचाई आफै नपे हुन्छ नत्र नसकिने भए बरु चाइनासंग मिलेर गर्दा हुन्छ किन सगरमाथा यि दुइ देशबिचको सिमाना बनेर रहेको छ /

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this