शुक्रबार, १५ वैशाख, २०७४
OnlineKhabar.com

पाँच सेकेन्डमा फोन नलागे लाइसेन्स खारेज, काटिए क्षतिपूर्ति !

अनलाइनखबर


८ वैशाख, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि लाइसेन्स खारेजसम्मको कारबाही गर्ने व्यवस्था गरेको हो ।

प्राधिकरणले विनियमावली ल्याएर आधारभूत फोन (ल्यान्डलाइन), मोबाइल र इन्टरनेट (डाटा) सेवाको गुणस्तर निर्धारण गरेको छ । प्राधिकरणले मापदण्डअनुसारको गुणस्तर कायम गर्न सेवाप्रदायकलाई निश्चित म्याद दिनेछ । तोकिएको समयमा पनि गुणस्तर नसुधार्ने कम्पनीलाई ५० हजार रुपैयाँ नगद जरिवाना गरिनेछ । जरिवानापछि पनि गुणस्तर नसुध्रिए कम्पनीको लाइसेन्स नै खारेज गरिने विनियमावलीमा उल्लेख छ ।

अब मोबाइलमा कुरा गर्दागर्दै फोन काटिए सेवाप्रदायकले क्षतिपूर्ति दिनुपर्ने भएको छ । विनियमावलीबमोजिम सेवाको गुणस्तर कायम नगरेका कारण मोबाइलमा कुरा गर्दागर्दै आफैँ फोनकल काटिने (कल ड्रप) भएमा सो कुरा गरेको समयावधि (पल्स) बराबरको शुल्क वा फोनकल दरबराबरको रकम सेवाप्रदायकले क्षतिपूर्तिका रूपमा ग्राहकलाई उपलब्ध गराउनुपर्नेछ । सोबमोजिमको क्षतिपूर्ति सेवाप्रदायकले स्वचालित रूपमा ग्राहकले सेवा लिएको खातामा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ । यसरी क्षतिपूर्तिबराबरको रकम प्रदान गरेको बारेमा सम्बन्धित ग्राहकलाई जानकारीसमेत गराउनुपर्ने विनियमावलीमा उल्लेख छ ।

प्राधिकरणले कल स्थापित (फोन लागिसक्नुपर्ने) समय ५ सेकेन्ड तोकेको छ । जसअनुसार एउटा मोबाइलबाट अर्को कुनै मोबाइलमा फोन गर्दा पाँच सेकेन्डमा फोनकल स्थापित (कल कनेक्सन) हुनुपर्नेछ । तोकिएको समयमा कल स्थापित नभए सेवा गुणस्तरहीन भएको ठहरिनेछ ।

२०७४ वैशाख ८ गते ६:४२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७ प्रतिकृयाहरू प्राप्त
  • Pemba Sherpa लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ७:०१

    yo ati ramro niyam ho, karyanwayan hos.

    18
    1
    Share

  • dil bdr limbu लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ८:३०

    कुरो मात्र होइन काम गरेर देखाऊ ।

    4
    1
    Share

  • bhes लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ९:३५

    MAY I HOPE TO GET MY LAND LINE PHONE REPAIRED SOON. IT HAS BEEN DISCONNECTED SINCE LAST 7 DAYS, I HAVE REPORTED THROUGH THEIR ONLINE SYSTEM, STILL HAVE NO ANY RESPONSE.
    WE WANT TO SEE THE RULE COME IN TO EFFECT SOON.

    2
    0
    Share

  • Shakta Ghale लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १०:०८

    ma afai NTC ko Wimax bata pitit chhu. yo kaslai bhanne. NTC lai bhanyo bhanne tula tula kura garchhan. Please advise me what kind of action is needed.

    2
    0
    Share

  • Shakta Ghale लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १०:१७

    म अफै दुर्संचारको यैमक्स बाट पिटित छु । कसलाई भन्ने । कृपया सल्लाह दिनु, के गर्दा राम्रो हुन्छ ।

    2
    0
    Share

  • yam magar लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १६:०५

    ramro but kahiledekhi laguhune ho holajasto t lagen

    1
    0
    Share

  • Chandra khanal लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १८:१९

    ya rule banaudai ma hudaina effective implement huna parayo, ntc ko recharge card charge hunna kaslai vanna kasla chatepurte dena

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this