मंगलबार, ६ भदौ, २०७४
OnlineKhabar.com

छिट्टै पार्टी एकता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव सहमत

अनलाइनखबर

८ बैशाख, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम छिट्टै पार्टी एकता गर्न सहमत भएका छन् । साथै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको छ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकता संयोजन समिति गठनको घोषणा गरेका हुन् ।

दुई पार्टीका प्रमुख डा. भट्टराई र यादवसँगै संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राई छन् । यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ, वक्तव्यमा भनिएको छ ।

साथै संघीय गठबन्धन, मधेशी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अघि सारेका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेका छन् ।

२०७४ वैशाख ८ गते ११:०३ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७ प्रतिकृयाहरू प्राप्त
  • leo tamu लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १०:३७

    Naya shakti vanda vandai uhi purano party madese sanga poela gayepaxi hami pani afnai purano ghartira farkau hai sathi ho jun vanne doctor hospital nai xodera gayesi biramiharu kaslai kurera basnu ki kaso?

    8
    1
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १०:४६

    Since 1995 (or 2052 BS); Dr. Baburam Bhattari – PhD from Delhi India & Mr. Upendra Yadav both are well known figure in destruction of this country. What they have been doing or will do in future are nothing substantive & significient , and fruitful , always negative impact in this country and people. Than, i never understood them, their mission, vision, objective and goal. Where they want to lead us for another 20 years?????

    11
    5
    Share

  • Raju लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ११:४२

    यी उग्र जातिय र क्षेत्रिय नारामात्र लगाउने पार्टिहरु जुटे पनि फुटे पनि कुनै अर्थ छैन । जस जसको लागि बोल्छन उनिहरुलाई त राम्रै लाग्ला तर आम जनता सबै जातहरुलाई यिनीहरुले समेट्न सकेका छैनन् । अस्तित्वको बचाउने कोशिसको लागि हो यो जुट । हेरौ चुनाव आउदै छ के नतिजा पनि आउला…

    14
    5
    Share

  • कार्की जी लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १२:०२

    दोस्रो असोक राई उपेन्द्र ले पाए छ

    5
    1
    Share

  • Ln bhattarai लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १३:०१

    Dr.& yadhav both are not looking & thinking about public.
    Dr.faiting with education not by demo & homework. yadhav is public head cost keeper. So both are reasional party leader not central party leader. Both are India depender leader.

    4
    1
    Share

  • दिपक पराजुली लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १३:२८

    जातियका नारा लगाउने पार्टीहरु मिले पनि कुनै औचित्य छैन,आफू हारिन्छ्की भन्ने डरले बाबुराम जि र मधेसबादी दलले चुनाब गर्ने कुरामा स्वीकार नै गर्न खोज्दैनन अनि मिलेर पनि के गर्नु अब??

    4
    1
    Share

  • tl लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:०९

    unity of good people.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this