Comments Add Comment

साहरा खोज्दै चार महिनादेखि युएईको अस्पतालमा देवीमाया


२१ अप्रिल, युएई । मुटु, कलेजो र मिर्गौलालगायत समस्याको उपचारका लागि युएईको एस्टर अस्पताल भर्ना भएकी एक महिला आर्थिक समस्यामा परेकी छन् । दिक्तेल नपा–६, खोटाङकी देवीमाया लामा आर्थिक समस्यामा परेकी हुन् ।

मुटु, कलेजो, मिर्गाैला र रगतको समस्याले एकसाथ सताइएकी श्रेष्ठको उपचारमा रकम अभाव भएपछि उनको परिवारले सबैसँग सहयोगको याचना गरेको छ । श्रीमान लोकेन्द्र श्रेष्ठले चार महिनाको अस्पताल बसाइका क्रममा उठेको १ करोड १२ लाख रुपैयाँ तिर्न र थप उपचार गर्न रकम अभाव भएको दुखेसो गरे ।

देवीमायाका श्रीमान लोकेन्द्रले अस्पतालको बिल तिर्न सके बाँकी उपचार नेपालमै गर्ने सोच भए पनि अस्पतालको बिल तिर्न नसक्दा स्वदेश फर्कने चाहना पूरा हुन नसकेको गुनासो गरे ।

उनले सहयोगी मन तथा संघ संस्थाहरुलाई दुबई इस्लामिक बैंकको खाता नं. ०११५२००८९२२९००१ मा रकम जम्मा गरेर वा ००ं९७१ ५६४७०८८०२ मा सम्पर्क गरेर सहयोग गर्न अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment