बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

बैतडीको चुनावी सरगर्मीः दाजुभाइ अध्यक्षको चुनावी प्रतिस्पर्धामा

अनलाइनखबर

८ वैशाख, बैतडी । बैतडीकोे डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि सहोदर दाजुभाइ कर्णबहादुर राना र लोकेन्द्रबहादुर राना चुनावी मैदानमा उत्रिने भएका छन् ।

कर्णबहादुर नेपाली काँग्रेस र लोकेन्द्रबहादुर नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिने भएका हुन् ।

‘हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट अध्यक्ष पदको उम्मेदवार बनेका छौँ । भाइ नाता पारिवारिक नाता हो । हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट उम्मेदवार बनेका हौँ’, कर्णबहादुर रानाले भने ।आफू १४ वर्षको उमेरदेखि नै माओवादीमा लागेको र अहिले गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेको लोकेन्द्रबहादुर रानाले बताए ।

उनले भने, ‘माओवादीले उठाएको सङ्घीयताको मुद्दा कार्यान्वयनमा ल्याउनका लागि मेरो उम्मेदवारी हो । मेरो दाजुसँग पारिवारिक नाता छ । विचार हामी दुईको फरक छ । त्यसैले हामीले अलग अलग दलबाट उम्मेदवारी दिएका छौँ ।’
रासस

२०७४ वैशाख ८ गते ९:४१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • prem लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ११:०१

    राजनैतिक दलमा लागौं जसरी पनि आफ्नो घर बनाउ भन्ने भावना र नाराका साथ अगाडी बढ्नु नै आजको न्यायोचित बिचार हो

    2
    0
    Share

  • Dr pandeya लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ११:५०

    Daju laai convenes garnu jaruri chha yadi garna sakiena bhane aru public laai kasari convenes garna sakiela.?

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this