Comments Add Comment

सर्वोत्तम सिमेन्टको महाच्यालेन्ज अभियान, कोहीसँग यस्तो सर्वोत्तम टेक्नोलोजी ?

८ चैत, काठमाडौं । अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे सर्वोत्तम सिमेन्ट प्रालिले महाच्यालेन्ज अभियानको घोषणा गरेको छ ।

सर्वोत्तम टेक्नोलोजीहरुको प्रयोग गरी उत्पादन हुने यस सर्वोत्तम सिमेन्ट नेपालकै पहिलो र एक मात्र सिमेन्ट उद्योग रहेको कम्पनीले दाबी गरेको छ ।

यस सिमेन्ट उद्योगले गि्रन सर्वाेत्तम ओपिसि र श्री गि्रन सर्वोत्तम पिएससि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गर्दै आएको छ । उद्योगद्वारा उत्पादितयस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५ सय सेमि स्वाएरसम्म रहेको कम्पनीले विज्ञप्तीमा जनाएको छ ।

सर्वोत्तम सिमेन्ट प्रालि क्रस बार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलको प्रयोग गरी सिमेन्टको गुणस्तरमाएकरुपताप्रदानगर्ने नेपालको एक मात्र सिमेन्ट उद्योग हो ।

यति मात्र नभएर आˆनै स्टिम इन्जिनबाट विद्युत उत्पादन गरेर सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गरी थप परीक्षण एक्सरे डिफाक्सनबाट हुनेे यस उद्योग नेपालकै एक मात्रसिमेन्ट उद्योगको रुपमा संचालन भइरहेको छ ।

यस सिमेन्ट उद्योगले अन्य सिमेन्ट उद्योगको तुलनामा कोइला तथा बिजुलीको खपत सबैभन्दा कम गरी वातावरणलाई सफा र स्वच्छ बनाउनमा समेत टेवा पुर्‍याएको छ ।

सर्वोत्तम सिमेन्टको उत्पादनको क्रममा ६ स्टेज प्रि-हिटर प्रविधिको प्रयोग गरिने हुनाले सिमेन्टको गुणस्तरमा वृद्धि भएको सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

उद्योगद्वारा उत्पादित सिमेन्टहरु वाटर प्रुफ लेमिनेटेड बोरामा प्याकिङ्ग गरिन हुनाले यसको भण्डारण अवधिभर गुणस्तर कायम रहनेे विज्ञप्तीमा उल्लेख छ ।

नेपालको मध्यभाग नवलपरासीमा अवस्थित सर्वोत्तम सिमेन्ट प्रालिले नेपालको सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । यस सिमेन्ट उद्योेगको उत्पादन क्षमता दैनिक ४० हजार बोरा रहेको छ ।

नेपालमा हालसम्म सबैभन्दा बढी विदेशी लगानीभित्राई उत्पादन गर्न सक्षमयस सर्वोत्तम सिमेन्ट प्रालि आइ एस ओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्रि प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीका ब्राण्ड मेनेजर गोपाल सारडाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment