Comments Add Comment

कसले जित्ला डीपीएल क्रिकेटको उपाधि ? पारस भन्छन्- जसले राम्रो ब्याटिङ गर्छ


८ बैशाख, धनगढी । धनगढी प्रिमियर लिगको फइनल खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानहरुले राम्रो ब्याटिङ गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने बताएका छन् ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शुक्रबार आयोजित प्रि-म्याच पत्रकार सम्मेलनमा टिम चौराहा धनगढीका कप्तान पारस खड्काले भोलिको फाइनलमा राम्रो ब्याटिङ गर्ने टोलीले उपाधि जित्ने सम्भावना अधिक रहेको बताए ।

‘प्रतियोगिताभर सबै टोलीका बलरहरुको प्रदर्शन उल्लेख्य रहृयो । ब्याटस्म्यानहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन्, भोलिको खेलमा पनि ब्याटिङमा जसले राम्रो गर्छ उसैले जित्छ’ कप्तान खड्काले भनेका छन् ।

बिराटनगरका कप्तान शरद भेषावकरले भने प्रतियोगितामा युवा खेलाडीको प्रदर्शनबाट भविश्यमा नेपाली क्रिकेटको भविश्य उज्वल देखिएको बताए । आफ्नो टोलीको प्रदर्शन पनि युवा खेलाडीहरुकै येगदान रहेको उनको भनाइ थियो ।

पिच कण्डिसन जे भएपनि फाइनल स्पर्धा रोमाञ्चक रहने शरदले बताए । ‘दुवै टोली राम्रो खेलेरै फाइनलमा पुगेका हुन्, हामीले पनि लिग चरणदेखि नै उत्कृष्ट खेलिरहेका छौं र फइनलमा पनि त्यही लयलाई कायम राख्नेछौं’ शरदले भने ।

बिराटनगरले पहिल्लो एक खेलदेखि बिना प्रशिक्षक खेलिरहेको छ । प्रशिक्षक जितेन्द्र चौधरी एजुकेटर काचिङ कोर्सका लागि भारत गएपछि बिराटनगरले बिना प्रशिक्षक क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको थियो ।

पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानहरुले सुदूरपश्चिममा आयोजना भएको धनगढी पि्रमियर लिग नेपली क्रिकेटकै केन्द्रीय प्रतियोगिता भएको भन्दै भविश्यमा नेपाली राष्ट्रिय टोलीको छनौट यसै प्रतियोगिताको प्रदर्शनको आधारमा हुनसक्ने बताए ।

फाइनल खेल भोलि बिहान ११ बजेदेखि सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सुरु हुनेछ । दुवै टोली रुपन्देही च्यालेञ्जर्सलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment