बुधबार, १४ असार, २०७४
OnlineKhabar.com

प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, १५ देखि ६० प्रतिशतसम्म छुट

अनलाइनखबर

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक महोत्सवको अवसरमा बिहीबारदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु गरेको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले पठन संस्कृतिमा टेवा पुर्‍याउने उद्देश्यले विभिन्न अवसरमा पुस्तक प्रदर्शनी आयोजना गर्दै आएको भन्दै यो प्रदर्शनी त्यसैको संस्करण भएको बताए ।

प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेका विभिन्न भाषाका शब्दकोश, भाषा, साहित्य, संस्कृति, इतिहास, ललितकला, सङ्गीत, नाट्य, दर्शनशास्त्र, समाजशास्त्र, धर्मशास्त्र, विदेशी साहित्यको अनुवाद लगायत विविध विधाका पुस्तक तथा नियमित प्रकाशनहरू राखिएका छन् ।

प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्य–सचिव जीवेन्द्रदेव गिरीले जानकारी दिए । प्रदर्शनी १५ दिनसम्म चल्नेछ ।

२०७४ वैशाख ८ गते ११:१७ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • अर्जुन देउबा लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १४:४८

    यस्ताे प्रदर्शनी बेला बेला उपत्यका बाहिर पनि राखि दिए त हामी जस्ता दुर दराजका पाठक पनि लाभान्वित हुने थियाै । यस तर्फ प्रज्ञा प्रतिष्ठानकाे ध्यान कहिले जाला ? सधै काठमान्डाैमा मात्र प्रदर्शनी गरेकाे खबर सुन्दै घुटु घुटु थुक निलेर बस्नु सिबाय अर्काे उपाए नै छैन अहिले सम्म ।

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this