Comments Add Comment

नविताको ‘जब देख्छु पातमाथि’मा प्रियंकाको एकल अभिनय


गायिका नविता पौडेलको आवाजमा समावेश एक गीतको म्यूजिक भिडियो तयार भएको छ । ‘जब देख्छु पातमाथि एक थोपा शीत’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

आनी छोइङलाई ‘फूलको आँखामा फूलै संसार’ मार्फत गायिकाको रुपमा स्थापित गराउन सफल मानिएका गीतकार दुर्गालाल श्रेष्ठ र संगीतकार न्ह्यू बज्रचार्यले नवितालाई म्यूजिक नगरिमा भित्राएका हुन् । गीतको म्यूजिक भिडियो पनि तयार भएको छ ।

जसमा, नायिका प्रियंका कार्कीले एकल अभिनय गरेकी छिन् । विशाल भण्डारीले निर्देशन गरेको म्यूजिक भिडियोलाई धिरजजंग शाहले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गायिका नविताले ८ वटा गीत तयार पारिएको बताउँदै सबैको म्यूजिक भिडियो पालैपालो रिलिज हुने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment