Comments Add Comment

स्मार्टफोनमा पोर्न ? सुरक्षाका लागि यसो गर्छ मानिसहरु


विश्वमा धेरै मानिसहरु पोर्न सामाग्री हेर्छन् । पोर्नहबका अनुसार सन् २०१५ मा उक्त साइटमा कुल ४ अर्ब ३९ करोड घण्टा भन्दा बढि समय पोर्न हेरिएको छ । यो त केवल एउटा पोर्न साइटको मात्र रेकर्ड हो । यस्ता कैयन् वेबसाइटहरु छन् जहाँ मानिसहरु पोर्न सामाग्री हेर्छन् ।

भलै मानिसहरु पोर्न सामाग्री हेर्ने काम गुपचुप गर्छन् तर यो कुरा पूर्ण रुपमा गोप्य भने रहन सक्दैन ।

आमरुपमा मानिसहरु इनकग्निटो मोडमा पोर्न हेर्ने गर्दछन् । तर यसले यत्तिमात्र गर्छ की ब्राउजिंग हिस्ट्री हेर्दा पोर्न साइटको लिंक देखिँदैन । तर उसले पोर्न हेरे नहेरेको पत्ता लगाउन चाहने हो भने मज्जाले सकिन्छ ।

अनलाइन पोर्न हेर्नु अझ स्मार्टफोनमा अनलाइन पोर्न हेर्नुका विभिन्न खतरा छन् । विज्ञहरुका अनुसार केही उपायहरु अपनाउने हो भने यस्ता खतरा केही कम गर्न सकिन्छ ।

प्राइभेट मनोरञ्जनलाई सुरक्षित बनाउनका लागि मानिसहरु कस्तो उपाय अपनाउने गरेका छन् त ? जानौँ :

पोर्नका लागि छुट्टै ब्राउजर: धेरैजसो ब्राउजरले प्रयोगकर्ताको ब्राउजिंग हिस्ट्री नोट गर्दछन् र पछि सोही सँग सम्बन्धित विज्ञापन देखाइदिन्छन् । जुन ब्राउजरमा तपाइँले अनलाइनका अन्य सामान्य कार्यहरु गर्नुहुन्छ उसमै पोर्न साइट पनि हेर्नाले पछि जुनसुकै समयमा सो ब्राउजरमा इन्टरनेट चलाएको बेला पोर्न सँग सम्बन्धित विज्ञापन देखिन सक्छन् । यसो भयो भने तपाइँले पोर्न हेर्न गर्नुभएको पोल अरुले थाहा पाउन सक्दछन् । क्लाउडबाट सिंक हुने हुनाले तपाइँले मोबाइलमा पोर्न साइट हेर्दा समेत डेक्सटपमा इन्टरनेट चलाउँदाखेरी त्यस्तै खालका विज्ञापन देखा पर्दछन् । त्यसैले यस्तो लाजमर्नु अवस्थाबाट बँच्नका लगि मानिसहरु अन्य सामान्य काम गर्ने ब्राउजर भन्दा अलग पोर्न साइट हेर्ने ब्राउजरको प्रयोग गर्दछन् । जस्तै मूख्य कामका लागि क्रोम प्रयोग गर्ने र पोर्न साइट हेर्नका लागि आइओएसमा फायरफक्स र एन्ड्रोइडमा क्रिप्टन जस्ता वेब ब्राउजर प्रयोग गर्ने ।

एप्सको साटो वेबसाइटबाटै पोर्न: आजकल हर आवश्यकता पूर्तिका लागि एप उपलब्ध छन् स्मार्टफोनमा । पोर्न सामाग्रीका लागि पनि विभिन्न एप्हरु रहेका छन् ।

आइओएस प्रयोगकर्ताका लागि त चिन्ता लिनुपर्ने कारण छैन किनकी एप्पलले एप स्टोरमा निकै कडा नियम बनाएको छ । तर गुगल प्ले स्टोरमा यस्ता कैयन् एपहरु पाइन्छन् जसले पोर्न देखाउने दाबी गर्दछन् । यी एप्सले केबल घटिया सामाग्री दिनेमात्र होइन, त्यसमा भाइरस पनि हुनसक्छन् । पोर्न एपको बहानामा ह्याकरहरुले भाइरस आक्रमण गर्नसक्ने डरका कारण स्मार्टफोन प्रयोगकर्ताहरु प्ले स्टोरमा पोर्न एप खोज्नुको साटो ब्राउजरबाटै पोर्न साइट खोलेर हेर्ने गर्दछन् ।

एन्टी भाइरस एप : सिक्योरिटी एप्सले उसै त स्मार्टफोनलाई केही धिमा गराइीदन्छन् तर पोर्न हेर्नेहरुले आफ्नो फोनमा एन्टीभाइरस एप राख्नु अत्यावश्यक छ । किनकी कुनचाहीँ पोर्न साइटले ब्याकग्राउण्डमा भाइरसको चपेटामा पारिरहेको छ भन्ने थाहा हुँदैन । एकातिर स्ामर्टफोनमा मज्जाले पोर्न साइट खोलेर पोर्न हेरिरहेको हुन्छ र सोही साइटबाट ह्याकरले प्रयोगकर्ताका डाटाहारु चोरिरहेको हुन्छ । त्यसैले यो डरबाट बँच्नका लागि पोर्न हेर्नेहरु एन्टी भाइरस एपको सहायता लिन्छन् ।

भर्चुअल प्राइभेट नेटवर्क : धेरै मानिसहरु पोर्न हेर्नका लागि भिपिएनको प्रयोग गर्दछन् । भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गर्दा इदि कुनै वेबसाइटले प्रयोगकर्ताको आइपी ट्रयाक गर्न पाउँदैन । भिपिएनको मद्धतले कुनै अरु नेटवर्क लोकेसनका माध्यमबाट सुरक्षित रुपमा नेट सफिर्ंग गर्न सकिन्छ । एन्ड्रोइड र आइओएस दुबैको एप स्टारमा धेरै भिपिएन उपलब्ध हुन्छन् । पोर्न हेर्नेहरुका लागि यी एप्स निकै उपयोगी मानिएका छन् । भिपिएनको प्रयोगले प्रतिबन्धित वेबसाइटहरु समेत हेर्न सकिन्छ ।

रेडिटको विकल्प : पोर्न लभर्सका लागि सोसल साइट रेडिट लोकपि्रय बनिरहेको छ । यसमा एडल्ट कम्युनिटीमा यस्ता थ्रेड्स हुन्छन् जहाँ मानिसहरु पछिल्ला पोर्न सामाग्रीहरु हेर्न पाउँछन् । त्यहाँ हरेक प्रकारका पोर्न हेर्न सकिन्छ । आफ्नो नियमित रेडिट आइडीका अलावा अन्य अकाउन्टबाट समेत छद्म रुपमा पोर्न हेर्न पाइने भएकाले मानिसहरुले रेडिटलाई उत्तम विकल्पको रुपमा उभ्याउने गरेका छन् ।

डाउनलोड गर्नु खतरनाक : घरमा वाइफाइको पहुँच नहुने वा कमजोर हुने कतिपयहरुले फास्ट वाइफाइ इन्टरनेट भएको ठाउँमा पुगेर स्मार्टफोन चलाउने मौका पाउने बित्तिकै विभिन्न वेबसाइटबाट विभिन्न कन्टेन्टहरु डाउनलोड गरिहाल्ने बानी हुन्छ । तर यसो गर्नु खतरनाक हुनसक्छ । भिडियो सँगै खतरनाक भाइरस पनि रहेको हुनसक्छ । भाइरसले पासवर्ड तथा अन्य जानकारी चोर्न सक्दछ । यो कुरा जानकारी पाएरै पोर्नका पारखीहरु आफ्नो स्मार्टफोनमा पोर्न भिडियो डाउनलोड गर्नुको साटो स्टि्रमिंग गरेरै हेर्न मन पराउँछन् ।

लोकपि्रय साइटहरुमा भरोसा: मानिसहरु पोर्नका लागि ऐरेगैरे साइटहरुमा जाँदैनन् विभिन्न लोकपि्रय पोर्न साइटमै भर पर्न थालेका छन्। यस्ता लोकपि्रइ साइटहरुले आफ्ना ग्राहकको सुरक्षा र गोपनियतालाई समेत ध्यान दिन्छन् र एचटीएमएल फाइभ प्रविधिको प्रयोग गर्दछन् । यसबाट फोनमा मालवेयर कुकिज आउँदैन ।

हेर्नेमात्र होइन पढेरै मनोरञ्जन: एक समय थियो जब इन्टरनेट तथा पोर्नको चलन थिएन र मानिसहरु उत्तेजक साहित्य पढेर मज्जा लिन्थे । अहिले पनि रोमान्सले भरिपूर्ण विभिन्न उपन्यासहरु बजारमा आइरहन्छन् । उत्तेजक साहित्यका पारखीहरु पनि छन् अहिले, जसले इन्टरनेटमा पोर्न हेर्नुभन्दा यौनका कथाहरु किताबमा पढ्न मन पराउँछन्। कतिपयको यस्तो रुचीलाई ध्यान दिँदै पछिल्लो समयमा यस्ता उत्तेजक कथा, साहित्य आदि भएका वेबसाइटहरु पनि बनिरहेका छन् । यसको फाइदा के भने मानिसहरुले जस्तोसुकै भिडमा पनि मज्जाले स्मार्टफोनको स्क्रिनमा  उक्त वेबसाइट खोलेर अश्लील कुरा पढिरहन पाउँछन् र देख्नेहरुले शंका गर्न पनि सक्दैनन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment