Comments Add Comment

राप्रपाले बनायो १७ सदस्यीय कार्यसम्पादन समिति

घोषणापत्र ११ गते सार्वजनिक गरिने

८ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कमल थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसम्पादन समिति बनाएको हो ।

समितिमा वरिष्ठ नेताद्वय लोकेन्द्रबहादुर चन्द र पशुपति शम्शेर जबराका साथै दिपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे, रामचन्द्र राय, ध्रवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा.धवलशम्शेर राणा र सुनिल बहादुर थापा छन् ।

यस्तै जयन्त चन्द, नवराज सुवेदी, बालाराम घर्तीमगर र हरिबहादुर बस्नेत पनि कार्यसम्पादन समिति सदस्य छन् ।

घोषणापत्र ११ गते सार्वजनिक गरिने

राप्रपाले पार्टीको घोषणापत्रलाई परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ । ११ गते सार्वजनिक गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

बैठकले मधेस केन्दि्रत दललाई समेत निर्वाचनमा सहभागी हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार र प्रमुख दलहरुलाई आह्वान गरेको छ भने प्रदर्शन गरेर भए पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेस केन्दि्रत दलहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment