Comments Add Comment

किमो दिएपछि ऐनामा हेर्दा आफू एलियन जस्तो लाग्योः मनिषा

क्यान्सरको सफल उपचारपछि तन्दुरुस्त भएकी नायिका मनिषा कोइराला अहिले बिरामी हुँदाका अनुभव सुनाउँदै भन्न थालेकी छिन् कि-‘आफ्नो शरीरको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् ।’

आफूलाई क्यान्सर हुँदाको अनुभव सुनाउदै उनले भनिन्-‘किमो दिएपछि ऐनामा हेर्दा मैले आफुलाई एलियन जस्तो देखेँ ।’ किमोथेरापीपछि उनी आफ्नो भुमिकाप्रति निकै चिन्तित पनि थिइन् । ‘कपाल झरेपछि म निकै चिन्तित थिएँ ।’ उनले भनिन्-‘मेरो स्वरुप पहिलाको जस्तै हुने हो कि हैन भन्नेमा निकै चिन्ता लाग्थ्यो ।’

उनको अनुभवमा क्यान्सरबाट पार पाउँदा मान्छेले धेरै कुराको सामना गर्नुपर्ने रहेछ । उपचारपछि उनी राम्रो चलचित्रको प्रतिक्षामा थिइन् । अहिले उनी रणवीर कपुर अभिनित ‘संजय दत्त बायोपिक’ फिल्ममा नरगिस दत्तको भुमिकामा देखिदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment