Comments Add Comment

बुटवलमा माइक्रोबस र मोटरसाइकल ठोक्किए, एकको मृत्यु

८ बैशाख, बुटवल । रूपन्देहीको बुटवलमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

लु १ ख ९२६५ नम्बरको मोटरसाइकल र बुटवलबाट मानपकडीतर्फ जाँदै गरेको माइक्रोबस ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार बुटवल १४ का झमबहादुर परियारको मृत्यु भएको हो । परियारको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक बुटवल-१४ का बिमल थापा दुर्घटनामा घाइते भएका छन् । उनको लुम्बिनी अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

माइक्रो बसलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment