मंगलबार, ६ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

बस्ती निर्माणमा सहयोग गर्नेलाई स्वेताको सम्मान

अनलाइनखबर


सिन्धुपाल्चोक जिल्लामा अवस्थित माँझी बस्ती निर्माणका लागि आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई नायिका स्वेता खड्काले सम्मान प्रदान गरेकी छिन् ।पुतलीसडकमा रहेको ‘स्वेता श्री फाउन्डेशन’मा आयोजित एक कार्यक्रममा स्वेताले ६ जना सहयोगी दातालाई सम्मान गरेकी हुन् ।

सम्मानित हुनेमा, अमेरिकाबाट ३ लाख सहयोग गर्ने श्री पराजुली, एक लाख सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, पचाँस हजार सहयोग गर्ने सामाखुशीकी शान्ता बस्नेत, जापानमा रहेर पचाँस हजार सहयोग गर्ने आरोही सुवेदी, २५ हजार सहयोग गर्ने कोरियामा बस्दै आएका ब्रजेश श्रेष्ठ र श्वेताश्री फाउन्डेशनको कार्यलयका लागि एक थान कप्युटर सहयोग गर्ने केयर सोलुसनलाई उनले सम्मान गरेकी हुन् ।

आउँदाे दुई साता भित्र बस्तीको शिलन्यास हुने स्वेताको भनाई छ । उनले भनेकी छिन्-‘सहयोग गर्नेलाई पनि केही प्रमाण होस् र रकम पारदर्शी होस् भनेर सम्मान गरिएको हो । हामी सहयोग गर्ने हरेकलाई सम्मान गर्छौ ।’

माँझी बस्तीमा रहेका ६३ घर धुरीसहित बाल बगैचाँ, बाटो, बायो ग्याँस, चौतार निर्माणका लागि ५ करोड ४२ लाख रकमको अनुमान गरिएको छ । सरकारले अनुदान दिने ३ लाख र बाँकी बस्ती बनाउन लाग्ने रकम स्वेता श्री फाउन्डेशनले जुटाउनेछ ।

स्वेता माँझी बस्ती पुग्दा उनलाई यसरि गरिएको थियो सम्मान, भिडियो नै हेर्नुहोस्:

२०७४ वैशाख ८ गते १४:४८ मा प्रकाशित (२०७४ वैशाख १० गते ११:२४मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this