बुधबार, ७ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

भक्तपुरमा साझाले बस चलाउने अनुमति पाएन

८ बैशाख, काठमाडौं  । साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन ।

‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ देशभरका सडक कब्जा गर्ने योजनामा लागेको छ, जिल्ला प्रशासन कार्यालयमा सङ्घ संस्था ऐन २०३४ अनुसार सामाजिक संस्था दर्ता गरेर यातायात समितिले व्यापार गरिरहेका छन्, सामाजिक संस्था खोलेर व्यापार गर्दा पनि सम्बन्धित सरकारी निकायको ध्यान जान सकेको छैन,’ उनले भने ।

साझा यातायातमा मन्त्रालय, विभाग एवम् सरकारी संस्थाको सबैभन्दा बढी सेयर छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले यातायातमा एकाधिकार लाद्न नपाउने व्यवस्था गरेको छ ।

उपभोक्ता अधिकारवादी ज्योति बानियाँ सर्वोच्च अदालतले पनि ‘रुट परमिट’ लगायत विषयमा एकाधिकार (सिन्डीकेट) अन्त्य गराउन सरकारका नाममा आदेश दिएको बताउँछन् । सर्वोच्चको आदेशानुसार कुनै पनि यातायातलाई ‘रुट परमिट’ नै नदिनु गलत भएको आम उपभोक्ताको भनाइ छ ।

कार्यालयका प्रमुख बसन्त अधिकारी साझाका बस कोटेश्वरबाट भक्तपुर लैजादा जे पनि हुनसक्ने भनी केही यातायात समितिले उजुरी दिएकाले ‘रुट परमिट’ दिन ढिलाइ भएको बताउँछन् ।

‘सवारी तथा यातायात व्यवस्था ऐनको दफा ८२ मा विवाद भएको मार्गमा ‘रुट परमिट’ दिन नसक्ने व्यवस्था भएकाले अहिले नदिइएको हो, यस विषयमा यातायात व्यवस्थापन समितिमा एक चरण छलफल भइसकेको छ, अब स्थानीय तह निर्वाचनपछि लगत्तै समितिको बैठकमा यो विषय प्रवेश हुनेछ,’ उनले भने

हाल उपत्यकामा साझाका ४६ बस सञ्चालनमा छन् । सार्वजनिक बिदा, बन्द र हड्तालमा समेत साझाले सेवा सञ्चालन गर्ने भएकाले उपत्यकाका सबै मार्गमा चलाइनुपर्ने यात्रुको माग छ । अन्य यातायात समितिले मन नलागे सवारी थन्क्याएर बस्ने गरेकाले यात्रुले दुःख पाउने गरेका छन् ।

२०७४ वैशाख ८ गते १५:५० मा प्रकाशित (२०७४ असार १३ गते १०:४०मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
९ प्रतिकृयाहरू प्राप्त
  • राजन लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १६:१६

    साझा यातायात लाई किन रुट परमिट पर्खनु पर्यो . सिधै सरकारी निर्णय गरेर बस सेवा संचालन गरे हुन्छ होला नि

    5
    0
    Share

  • suresh sharma लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १६:१८

    It is a shocking news and decision. Let the concerned monitor by plying themselves in the said route. We want the ministry to detail persons to use those bus packed and punish the defaulters who are found ramming the passengers breathlessly including women, elderly people and children. The bus must not be allowed to keep Standing passengers more than the half of the seating passengers’ number. Let the microbus not have standing passengers. I think Sajha is the only suitable option and needs to be addressed the problem soon before Prachanda led party loose urban people’s mandate next election.

    2
    0
    Share

  • Om लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १६:४९

    Lajmardo samachar padhnuparyo….sindicate todna sakena sarkari nikayale…janata ko subidha vanda sindicate ra kunai yeuta Bus samiti nai thulo vayaxa permit rokne haruka lagi…

    1
    0
    Share

  • Micro Pidit YATRU लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १६:५०

    भक्तपुरमा साझा बस चलाउने अनुमति नदिने र धम्क्याने उपर तुः कार्वाही हाेस्

    7
    0
    Share

  • Rae लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १७:५६

    yedi sajha lai bkt ma route permit dine bhaye , competitive basis ma bkt ma bus byawasahi lai ni anya ktm bhari ra nepal bhari route permit dina saknu parcha … sab ko byawasaya surachit hunu parcha

    1
    3
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते २१:३२

    कुनै व्यावशायिक संस्था वा व्यक्तिले मलाइ पर्मिट देउ भनी माग्नु त ठीकैहोला तर फलानानै नदेउ भन्न त नपाउनु पर्नेहो यो त कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तो भएनर ? फेरी यो सवारी तथा यातायात व्यवस्था ऐनको दफा ८२ भन्ने पनि विचित्रकै रहेछ | कुनै स्थापित व्यवशायीले अर्काले आफ्नो बजार हिस्सा खोसिन्छ भनी जानी बुझि विवाद खडा गरी दिएमा नयाँ लाइ छिर्न नदिने हो भने चोर लाइ चौतारो साधुलाइ सुली भैहाल्योनि |

    8
    0
    Share

  • rkmangad लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते १८:५७

    यातायातमा सिण्डिकेट हैन,यात्रीहरुको संख्या धेरै भएको ठाउंमा अन्यले पनि व्यावसाय गर्ने स्वतन्त्रता पाउनुपर्ने, सार्वजनिक यातायात सन्चालनमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने जस्ता common sense सबैले जानिराखौं है ।

    0
    0
    Share

  • GOVINDA लेख्नुहुन्छ    |   २०७४ वैशाख ९ गते २२:२५

    Aramy police rakhera bhayepani chalaunu paryo.. Testo nibedan dinelai kada bhanada kada karbahi garnu paryo. Ke nepal ma Kanun chaina ?? Thotra MiniBus Bhaktapur basile kati chadne ??

    3
    0
    Share

  • Om लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते १८:३७

    Yeuta le mero business down hune vo vanera arulai sewa bistar garna nadine vaya yeutai thaunma yekai kisimka 2,2 wata pasal pani rakhna paina…mero readymade pasal sangai arko readymade pasal ayo vanera maile dadagiri garera arko pasal lai banda garaunai parne avastha ho yo…

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this