Comments Add Comment

नेयमार बने विश्वकै प्रभावशाली फुटबलर

८ बैशाख, काठमाडौं । बार्सिलोनाका ब्राजिलियन स्टार नेयमार विश्वकै प्रभावशाली फुटबलर बनेका छन् ।

अमेरिकी पत्रिका टाइमले २०१७ का विश्वका सर्वाधिक प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ ।

यो सूचीको ८ खेलाडी पनि परेका छन् । फुटबलरबाट भने २५ वर्षे नेयमार एक्ला हुन् ।

टाइममा पूर्व फुटबलर डेभिड बेकहृयामले नेयमार प्रभावशाली फुटबलर भएको बताए । उनले नेयमारकै मदतमा बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेनलाई ६-१ ले हराएको स्मरण गरेका छन् ।

अहिले लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धामा नेयमार थपिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment