Comments Add Comment

रियल र एथ्लेटिको मड्रिड सेमिफाइनलमै भिड्ने

८ बैशाख, काठमाडौं । दुई स्पेनिस क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमै भिड्ने भएका छन् ।

शुक्रबार भएको ड्रमा साविकको विजेता रियल मड्रिडको शहरी प्रतिद्वन्द्वी पाएको हो । गत वर्षको फाइनलमा रियलले एथ्लेटिकोलाई नै हराएर उपाधि जितेको थियो ।

रियल मड्रिड यो पटक १२ औं उपाधिको खोजीमा छ । यदि उसले यो सिजन पनि उपाधि जितेमा लगातार दुई पटक उपाधि जित्ने पहिलो क्लबको रेकर्ड पनि बनाउनेछ ।

अर्को सेमिफाइनलमा इटालियन क्लब युभेन्टसले फ्रान्सेली क्लब मोनाको प्रतिद्वन्द्वी पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment