Comments Add Comment

१५ बर्षे ब्रजेशले कप्तान पारसलाई तीन पल्ट बोल्ड गरेपछि…! (फोटो फिचरसहित)

८ बैशाख, कलाली । धनगढी प्रिमियर लिगको ‘रेष्ट डे’का दिन नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास साही कैलालीको पूर्वी क्षेत्रमा रहेको बर्दगोरिया गाउँपालिका पुगे ।

बर्दगोरिया गाउँपालिकाको बाैनिया बजारबाट एक सय मिटर दक्षिणमा रहेको जगत तारा आवासीय माध्यामिक बिद्यालयलेको गेटैदेखि स्वागत द्वारसहित पारसको तस्वीरअंकित ब्यानरहरु देखियो । ब्यानरमा लेखिएको थियो, ‘राष्ट्रको गौरव पारस तिमीलाई स्वागत छ ।’

ढलान गरिएको पिचमाथि बनाइएको सानो नेटमा त्यस बिद्यालयका बालबालिकाले अभ्यास गर्ने रहेछन् । क्रिकेटको बिकास र नयाँ खेलाडीको उत्पादनको उद्देश्यसहित एकेडेमी खोलिएको बिद्यालयका प्रिन्सिपिलले सुनाए । नयाँ शैक्षिक शत्र सुरु हुने क्रममा रहेकाले बिद्यालय बन्द थियो, त्यसैले बाहिरी पोसाकमा रहेका बिद्यार्थीहरु करिव ५० जनाको संख्यामा उपस्थित थिए ।

त्यही एकेडेमीको उद्घाटनका लागि कप्तान पारस आज पत्नि प्राप्तिसहित बगोनिया पुगेका हुन् । उनीसँगै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास साहीलाई पनि सम्मान गरिएको थियो ।

औपचारिक समारोह सकिएपछि कप्तान पारसले सानो नेटमा ब्याटिङ गर्दै क्रिकेट एकेडेमीको उद्घाटन गर्न लाग्दा बलर आवश्यक पर्‍यो । त्यही बेला सोही बिद्यालयमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थी ब्रजेस कुमार ढुंगाना राष्ट्रिय टोलीका कप्तानरुद्धि बलिङका लागि तम्सिए ।

पारस खड्काजस्तो खेलाडीबिरुद्ध बलिङ गर्न पाउँदा र एक ओभरमा तीन पटक बोल्ड गर्न पाउँदा उनी निक्कै उत्साहित देखिन्थे । ‘बलिङ गर्ने साथीहरु अरुपनि थिए, तर बल मेरै हातमा थियो र मैले बलिङ गरेँ’, १५ बर्षीय ढुंगानाले भने, ‘मलाई स्कुलमा राम्रो बलिङ गर्ने भनेर चिन्छन् ।’

उनले ओभरको दोस्रो, चौथो र छैटौं बलमा पारसबिरुद्ध बोल्ड गरेका थिए । दुई पटक बोल्ड भएपछि पारस आफैले ‘अलि स्लो बलिङ गर न’ भन्दा उपस्थित सबैमा हाँसो छुटेको थियो ।

तीन पटक बोल्ड भएपछि पारसले हस्ताक्षर गरेर उनलार्इ ब्याट दिएका छन् ।

९ कक्षामा अध्ययनरन ब्रजेशले राष्ट्रिय टोलीबाट खेल्ने उद्धेश्य रहेको अनलाइनखबरलाई सुनाए । उनी बलिङसँगै ब्याटिङ पनि उत्तिकै राम्रो गर्न सक्छन् । उनको उद्देश्य नै अलराउण्डर हो ।

एकेडेमीको उदघाटनसँगै कप्तान पारसले त्यहाँका खेलाडीहरुका लागि क्रिकेट जर्सी सहयोग गरेका थिए । यसअघि ओपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कप्तान पारसले बालबालिकाहरुलाई खेलकुदसँगसँगै पढाइलाई पनि प्राथमिकतामा राख्न सुझाए ।

आफ्नै उदाहरण दिँदै उनले आफू नपढेको भए खेल क्षेत्रमा लागेर पनि राम्रो गर्न नसक्ने बताए । उनले भने, ‘पढाइमा राम्रो गरेपछि किन खेल्न गयौ भनेर बुबाममीले गाली गर्नुहुन्न, राम्रो पढेपछि अन्य दोषहरु फिका हुन्छन्’ पारसले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment