Comments Add Comment

ओप्पोको डुअल फ्रन्ट क्यामेरासहितको एफथ्री नेपालमा सार्वजनिक गर्ने तयारी

९ बैशाख, काठमाडौं । वैश्विक स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले लिन सक्नेछन् ।

नेपाल लगायत भारत, भियतनाम, ईन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा अपि्रल १बाट एफथ्री प्लसको फस्र्ट सेलको शुरुवात गरिएको थियो । सो समयेदेखि नै ओप्पोद्वारा गु्रप सेल्फी ट्रेण्डको शुरुवात गर्नुका साथै यसलाई बढावा दिइरहेको मानिन्छ ।

सार्वजनिक गर्ने तयारीमा रहेको एफथ्रीमा पनि एफथ्री प्लसमा झैँ डुअल फ्रण्ट क्यामेरालाई निरन्तर्ता दिइएको छ । डुअल सेल्फी क्यामेरा मध्य एक ब्यक्तिगत सेल्फीका लागि र अर्कोमा ग्रुप सेल्फीका लागि डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा उपलब्ध गरिएको छ ।

साधारण सेल्फी क्यामेराका तुलनामा एफथ्रीमा यसमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । एफथ्रीमा प्रयोगकर्तालाई फोन चलाउँदा गुणस्तरीय तथा उत्कृष्ट अनुभवका माध्यमबाट सन्तुष्टि प्रदान गर्ने सोचका साथ उच्च प्रदर्शनी (हाइ पर्फरमेन्स) हार्डवेयर र अनुकूलित -अप्टिमाइज्ड) सफ्टवेयर पनि उपलब्ध हुने जानकारी दिइएको छ ।

केही समय अगाडी सामूहिक रुपमा सेल्फी लिनुपर्दा प्रयोगकर्ताले सबैजना फ्रेममा अटाउनका लागि निकै झञ्झट ब्योहोर्नु पर्ने बाध्यता थियो । अनुहार काटिएर आउनु, सेल्फी सटमा ब्याकग्राउण्ड (पृष्ठभूमि) नअटाउनु लगायत समस्या सामान्य थियो ।

नयाँ फोनको माध्यमबाट ओप्पोले भ्रमणमा निस्कँदा सेल्फी खिच्नका लागि सेल्फी स्टिक बोक्नै पर्ने झञ्झटबाट छुटकारा दिने उद्देश्य बोकेको छ ।

‘सेल्फी एक्स्पर्ट’ एफ सिरिज अन्तर्गतको नयाँ एफथ्रीको उत्कृष्ट गु्रप सेल्फी, विकृति न्यूनिकरण (डिस्टोर्सन मिनिमाइजिङ) फिचर्स र ब्यूटिफाई फञ्शनले सेल्फी क्रान्तिको अग्रणी तथा फोन क्यामेरा उद्योगको प्रतिनिधित्व गर्दै प्रयोगकर्तालाई फराकिलो ‘फिल्ड अफ भ्यू’को साथमा गु्रप सेल्फी लिन सघाउँछ ।

‘सेल्फी तथा गु्रप सेल्फीले विशेष गरी यूवा पुस्ताको सामाजिकिकरण तथा उनीहरुको अन्तरक्रिया गर्ने तरिकाको प्रतिनिधित्व गर्छ’, ओप्पोका उपाध्यक्ष तथा ईन्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक, स्काइ लीले भने, ‘नयाँ सेल्फी एक्स्पर्ट एफथ्रीले सेल्फी तथा गु्रप सेल्फीलाई थप प्राकृतिक, सुन्दर र मुख्यतः तस्विर खिच्न थप सहजता प्रदान गर्नेछ ।’

एफथ्रीको साथमा नेपालमा पनि गु्रप सेल्फीको नयाँ ट्रेण्डको शुरुवात हुने आशा गरिएको छ । उत्कृष्ट सेल्फी तथा गु्रप सेल्फी अनुभव प्रदान गर्दै यसले प्रयोगकर्तालाई गु्रप सेल्फीको माध्यमबाट एक अर्काको थप नजिक ल्याउन सघाउने कम्पनीले विश्वास लिएको छ ।

स्थापनाकाल देखि नै ओप्पो सेल्फी कयामेरा प्रविधिका लागि सर्वोत्कृष्ट बन्ने कार्यमा अग्रसर रहेकेा छ । सन् २०१३मा एनवान मोडलसंगै ओप्पोले अग्रगामी कदम चाल्दै विश्वकै पहिलो रोटेटिङ (घुमाउन मिल्ने) क्यामेरा सार्वजनिक गरेको थियो । सन् २०१६मा कम्पनीले सार्वजनिक गरेको एफवान प्लस १६ मेगापिक्सेल क्षमता भएको फ्रण्ट क्यामेरा उपलब्ध पहिलो उपकरण हो ।

क्रान्तिकारी डुअल सेल्फी फ्रण्ट क्यामेरा सहितको एफ सिरिजले क्यामेरा हार्डवेयर तथा सेल्फी फोटोग्राफीलाई एक कदम अघि बढ्दै नयाँ उचाई प्रदान गर्ने विश्वास गरिएको छ ।

ओप्पो, विश्वभरका यूवा पुस्ता माझ सर्वाधिक लोकपि्रय क्यामेरा फोन ब्राण्ड हो । विगत १० बर्षदेखि मोबाइल फोटोग्राफीमा नवप्रबर्तनात्मकता पस्कँदै उत्कृष्ट क्यामेरा फोन उत्पादनमा ओप्पो केन्दि्रत छ । सेल्फी ब्यूटिफिकेशन युगको सुरुवात गर्ने ओप्पो ५ मेगापिक्सलको रियर र १६ मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गराउने पहिलो स्मार्टफोन ब्राण्डपनि हो ।

साथै, मोटोराइज्ड (मोटरको प्रयोग गरिएका) रोटेटिङ क्यामेरा , अल्ट्रा एचडी फिचर र फाइभ एक्स डुअल क्यामेरा जुम प्रविधि लगायत सार्वजनिक गर्नेे श्रेयपनि ओप्पोलाई नै जान्छ । सन् २०१६मा सेल्फी एक्स्पर्ट एफ सिरिज सार्वजनिक गर्दै ओप्पोले स्मार्टफोन उद्योगमा सेल्फी ट्रेण्डको थालनी गर्यो ।

आईडीसीका अनुसार सन् २०१६का लागि ओप्पो वैश्विक बजारकै चौथौँ स्मार्टफोन ब्राण्ड हो । आज ओप्पोले विश्वभरका १० करोडभन्दा बढी यूवा पुस्तालाई उत्कृष्ट स्मार्टफोन फोटोग्राफी अनुभव प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment