+
+

एनएमबि बैंकको छैठौं ‘हेरिटेज वाक’

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ९ गते ११:०२


९ बैशाख, काठमाडौं । एनएमबी बैंकले हरेक वर्ष आयोजना गर्दै आएको हेरिटेज वाकको छैंठौं संस्करण सम्पन्न भएको छ । सम्पदा संरक्षणको लागि भन्दै बिहान ८ बजे काठमाडौंको नागपोखरीबाट नेवारी बाजागाजासहित अगाडि बढेको पैदलयात्रा दबारमार्ग, भोटाहिटी, मख्खन चोक हुँदै बसन्तपुर दरबार स्क्वायरमा पुगेर कोण सभा परिणत भएर टुंगियो ।

काठमाडौंमा सम्पदा संरक्षणको लागि पदैल यात्रा चलिरहँदा बुटवल र उर्लाबारीमा पनि यही अभियान चलिरहेको थियो ।

पैदल यात्राले कसरी सहयोग पुग्छ सम्पदा संरक्षणमा ? बैंकका सञ्चालक कमलेश अग्रवाल भन्छन्, ‘हाम्रो देशको अर्थतन्त्र सानो छ, सरकारको भरमा मात्र भूकम्पले जीर्ण बनेका सम्पदाको संरक्षण गर्न गाह्रो छ, हामीले यो पैदल यात्राबाट समाजका अन्य संस्थाहरुलाई पनि यो संरक्षण अभियानमा सहभागी हुन आग्रह गरेका हौं ।’

अग्रवालकै भनाइमा सहमति जनाउछन्, काठमाडौं महानगरपालिकाका प्रमुख इश्वरराज पौडेल ।

‘हाम्रा सम्पदा टेकोको भरमा छन्, यो अभियानले सबैलाई यसको संरक्षणमा जुट्न सकारात्मक दबाब दिने बिश्वास मैले लिएको छु, यस्तै जागरणको कारण संरक्षणको लागि थप हातहरु जुट्नेछन् र हाम्रा सम्पदा पुनः उठ्ने छन्,’ पौडलले उल्लेख गरे ।


सम्पदा संरक्षणको पदैल यात्राको यो अभियानमा सहकार्य गरेको काठमाडौं महानगरले आफ्नो हर्न निषेध अभियानलाई पनि समावेश गरेको थियो । भाषणको क्रममा हर्न निषेधको नारा नै लगाएका पौडेलले पदैल यात्राको क्रममा महानगरपालिकाको गाडीबाटै हर्न निषेधको माइकिङ पनि सँगसँगै गराएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले कार्यक्रममा सामाजिक उत्तरदायित्वको लागि ५ बर्षमा गर्ने योजनाको पनि जानकारी दिए ।


बैंकले साँस्कृतिक पुनरनिर्माणमा बैंकले सहयोग गर्ने, वातावरण संरक्षणको लागि क्षेत्रीय र राष्ट्रिय स्तरमा परियोजना सञ्चालन गर्ने र बालिका शिक्षामा पनि काम गर्ने भएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?