Comments Add Comment

नेपाल र श्रीलंकन टोलीको टी-२० सिरिज स्थगित

फाइल फोटो

९ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र टेष्ट मान्यताप्राप्त श्रीलंकाको शक्तिशाली टोली बैशाख तेस्रो साता हुने भनिएको टी-२० सिरिज स्थगित भएको छ ।

स्थानीय तहको चुनावका कारण खेल हाललार्इ स्थगित गरिएको आयोजक पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत दिपेश घलेले बताए । चुनावपछि उहाँहरूको समय मिलाएर फेरि खेल गराउँछौं, उनले भनेका छन् ।

नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० बर्ष पुगेको अवसरमा तीन म्याचको टी-२० क्रिकेट सिरिज कीर्तिपुर मैदानमा बैशाख १४, १६ र १८ मा गर्ने तय भएको थियो ।

श्रीलंकन टोलीमा आफ्नो समयका महान ब्याट्सम्यान सनथ जयसूर्यादेखि वर्तमान राष्ट्रिय टोलीका पाँच सदस्य रहने तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment