Comments Add Comment

यी सैनिकले लगाउँछन् धुनै नपर्ने र आफै सफा हुने कट्टु

सैनिकको ड्युटी कडा हुने हुँदा कहिलेकाहीँ निरन्तरको ड्युटीका कारण नुहाइ धुवाइँ गर्न पनि मौका नमिल्न सक्छ, लामो समयसम्म । यस्तोमा जिउमा लगाएका कपडा, अझ भित्री वस्त्रहरु निकै मैलो हुने र गन्हाउने जोखिम हुन्छ ।

दुनियाका धेरै ठाउँमा लडाइँ गर्नु परिरहेकाले पनि होला अमेरिकाले चाहीँ आफ्ना सैनिकको यो समस्यालाई बढि बुझेको छ । त्यसैले उसले आफ्ना सैनिकका लागि गज्जबका कट्टु आविष्कार गरेको छ ।

अमेरिकामा सैनिकलाई यस्ता कट्टु दिइन्छ जो धुनै पर्दैन अर्थात् आफै सफा हुन्छ ।

खासगरी मरुभूमि क्षेत्रमा खटिने सैनिकलाई ध्यानमा राखी यस्तो कट्टु बनाइएको हो, जहाँ धूलो तथा पसिनाका कारण सैनिकहरुलाई ब्याक्टेरियाको संक्रमण हुने खतरा धेरै हुन्छ । यी विशेष कट्टुलाई नधोइकन पनि हप्तौँ सम्म लगाउन सकिन्छ ।

विशेष प्रविधिबाट बनाइएका यी कट्टुमा माइक्रोवेबको सहायताले कपडामा नानो पार्टिकल्स फसाइन्छ । उक्त नानो पार्टिकल्स पानी, तेल, ब्याक्टेरिया तथा धूलोसँगै जोडिन्छ । कपडामा हुने रसायनले ब्याक्टेरियालाई नष्ट गरेर दबाब सिर्जना गर्छ, जसबाट दुर्गन्ध पनि बाहिर आउँछ ।

अमेरिकी सेनाले यो प्रविधिको कट्टु उत्पादनका लागि २ करोड डलर भन्दा धेरै खर्च गरेको छ ।

अनुसन्धानकर्ताका अनुसार मरुभूमि क्षेत्रमा खटिने सैनिक मध्ये जति सैनिक दुर्घटना तथा लडाइँमा मरेका हुन्छन् त्यसभन्दा धेरै सैनिकको मृत्यु फोहोर कपडा तथा संक्रमणका कारण हुने गर्दछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment