९ बैशाख, काठमाडौं । अन्तिम बलमा चौका हान्दै एमएस धोनीले राइजिङ पुणे सुपरजाइन्टलाई सनराइज हैदराबादमाथि ६ विकेटको जित दिलाएका छन् ।
हैदराबादले दिएको १७७ रनको लक्ष्य पुणले ४ विकेट गुमाएर अन्तिम बलमा भेट्टायो । उसलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो र क्रिजमा मनोज तिवारी र धोनी थिए ।
पहिलो बलमा तिवारीले चौका हाने, जतिबेला क्याच ड्रप भएको थियो । त्यसअछि लगातार एक-एक रन लिएको पुणेलाई अन्तिम दुई बलमा ४ रन चाहियो । सेकेण्ड लास्ट बलमा दुई रन जोडेका धोनीले अन्तिम बलमा चौका हान्दै टिमलाई जित दिलाए ।
धोनी ६१ रनमा अविजित रहे भने तिवारी १७ रनमा नटआउट रहे । उसका लागि राहुल त्रिपाठीले ५९ रनको पारी खेले भने कप्तान स्टिभ स्मिथले २७ रन बनाए ।
यसअघि पुणेमा पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि मोइज हेनरिक्सले ५५ रन बनाए भने डेभिड वार्नरले ४३ रन जोडे ।