Comments Add Comment

४ वटा प्रदेशमा स्थानीय निर्वाचन जेठ ३१ मा ! चुनाव देउवा सरकारले गराउने

९ बैशाख, काठमाडौं । मधेसी मोर्चासँगको सहमति अनुसार दोस्रो चरणको निर्वाचन जेठ ३१ मा हुने वार्तामा सहभागी नेताहरुले बताएका छन् ।

सरकार र मधेसी मोर्चाबीच शनिबार भएको वार्ताम संविधान संशोधन विधेयक परिर्माजनसहित पारित गर्न र दुई चरणमा चुनाव गर्न सहमति भएको थियो ।

सहमति अनुसार पहिलो चरणको चुनाव ३ वटा प्रदेशमा बैशाख ३१ मा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ नम्बर प्रदेशमा पहिलो चरणमा चुनाव हुनेछ ।

दोस्रो चरणमा ४ प्रदेशमा चुनाव हुनेछ । प्रदेश नम्बर १, २ ५ र ७ मा दोस्रो चरणमा चुनाव हुने सहमति भएको मधेसी मोर्चाका नेता केशव झाले जानकारी लिए ।

दोस्रो चरणको चुनाव जेठ ३१ मा हुने लगभग तय भएको छ । तर, निर्वाचन आयोगको परामर्शमा सरकारले भोलि क्याबिनेटबाट अन्तिम निर्णय गर्नेछ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ २१ देखि ३१ भित्र दोस्रो चरणको चुनाव हुने बताए । यो चुनाव शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउनेछ ।

बैठकमा सहभागी कांग्रेसका एक नेताले भने, पहिलो चरणको प्रचण्डको नेतृत्वमा दोस्रो चरणको चुनाव देउवाको नेतृत्वमा बन्ने सरकारले गराउनेछ ।

कांग्रेसले पूर्वसहमति अनुसार जेठ १ गते प्रधानमन्त्री प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्नु पर्ने अडान राख्दै आएको छ । र, प्रधानमन्त्री प्रचण्ड पनि जेठमा सत्ता हस्तान्तरण गर्न सहमत देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment