Comments Add Comment

नृपेशले ल्याए ‘मुसाफिर’

काठमाडौं । पत्रकार एवं गीतकार नृपेश उप्रेतीले अबदेखि गजलकारको परिचय पनि बनाएका छन् । शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, रुपक बनवासी र संगीतकार अर्जुन पोखरेलले उप्रेतीको गजलसंग्रह ‘मुसाफिर’ सार्वजनिक गरे ।

उप्रेतीको गजलमाथि टिप्पणी गर्दै गजलकार पौडेलले काव्यिक रस नभएको गजल काम नलाग्ने भन्दै मुसाफिरभित्र प्रशस्त काव्यिक रस भएको दाबी गरे । साथै उप्रेतीका गजलहरुमा नेपालीपन पाइने उनले उल्लेख गरे ।

अर्का गजलकार बनवासीले उप्रेतीका गजलले आफूलाई प्रभावित पारेको बताए । यस्तै, संगीतकार पोखरेलले उप्रेतीको लेखनको प्रशंसा गर्दै आफूले फिल्ममा केही गजल राख्दा कतिपयले गीत भनेर बुझ्ने गरेकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममै गजलकार उप्रेतीले आफ्ना दिवंगत पिता योगराज उप्रेती र माता नन्दकुमारी उप्रेतीको नाममा १२ हजार ५ सय राशिको छुट्टाछुट्टै पुरस्कार स्थापनाको घोषणा गरे । योगराज गजल पुरस्कार गजलकारलाई तथा नन्दकुमारी पुरस्कार उत्कृष्ट कृतिलाई दिइने जनाइएको छ । यी पुरस्कार सर्वनाम थिएटरमा नियमित रुपमा गजलको कार्यक्रम चलाउँदै आएको मेहफिल समूहले सञ्चालन गर्ने भएको छ ।

उप्रेतीले आफ्नो गजलसंग्रहबाट प्राप्त हुने रोयल्टी विभिन्न सामाजिक संस्थालाई दिने बताउँदै यसअघिको गीति एल्बम ‘आहान अर्को खुसी’ को रोयल्टी चितवनका गाउँबेंसी चेपाङ संरक्षण केन्द्रलाई दिने घोषणा गरे । उनी पछिल्लो समय बेलायतमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment