Comments Add Comment

मुक्तिनाथको नाफा ४६ प्रतिशत वृद्धि, रुलर माइक्रोको १६ प्रतिशत


१० बैशाख, काठमाडौं । मुक्तिनाथ बिकास बैंकको नाफा ४५.८३ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) २४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ३५ करोड ५१ लाख रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा पनि बढोत्तरी भएको छ । गत वर्ष ४८ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा ७३ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा करिब ५२ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकले १५ करोड ८२ लाख रुपैयाँ आम्दानी फि, कमिसन र अन्य आम्दानीबाट गरेको छ । बैंकले ४ करोड रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ । बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा निकै सहज अवस्थामा छ । यो अनुपात १४.९७ प्रतिशत रहेको छ । बैंकमा खराब कर्जाको अनुपात निकै कम ०.१० प्रतिशत छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) निकै सहज अवस्थामा आएको छ । यो दर ७० प्रतिशत मात्र छ ।

बैंकको चुक्ता पुँजीमा १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ५३ प्रतिशतले बढेर १५ अर्ब १४ करोड र कर्जा ६४ प्रतिशत बढेर १४ अर्ब १७ करोड लगानी भएको छ ।

बैंकको पुँजी लागत बढेर ६.९१ प्रतिशत पुगेको छ भने कर्जा दिदा आधार मानिने बेस रेट पुसको ७.७८ को तुलनामा बढेर ११.०२ पुगेको छ ।  बैंकको प्रतिसेयर आम्दानी (बार्षिक) ३०.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.१४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४० रुपैयाँ रहेको छ ।

रुलर माइक्रोफाइनान्स
रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको नाफा १६ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) १२ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको तेस्रो त्रैमाशमा भने १४ करोड ३२ लाख रुपैयाँ कमाएको हो ।
कम्पनीको व्यवसाय आकारमा पनि बढोत्तरी भएको छ । गत वर्ष २० करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा २३ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा १७ प्रतिशतको वृद्धि देखिएको छ ।

कम्पनीले ३ करोड रुपैयाँ आम्दानी अन्य आम्दानीबाट गरेको छ । कम्पनीको पुँजी कोष अनुपात २५.८० प्रतिशत रहेको छ । कम्पनीमा खराब कर्जाको अनुपात शुन्य रहदै आएको छ ।
राष्ट्र बैंकले हालै थोक बिक्रेता लघुवित्तको चुक्ता पुँजी ६० करोड हुनुपर्ने व्यवस्था गरेको भएपनि कम्पनीको अहिले नै यो पुँजी ६९ करोड रुपैयाँ छ । कम्पनीले अन्य संस्थाबाट ५ अर्ब २ करोड सापटी पाएको छ र कर्जा ५ अर्ब ७० करोड लगानी भएको छ । कम्पनीको पुँजी लागत बढेर ३.८० प्रतिशत पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (बार्षिक) २७.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३१ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ८० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment