Comments Add Comment

घाँसपात खाएर २५ वर्षदेखि बाँचिरहेका छन् यी व्यक्ति

कहिलेकाहीँ गरिबीका कारण मानिसको यस्तो आदत बस्दोरहेछ जसलाई मानिस धनी भएपछि पनि छाड्न सक्दैन । पाकिस्तानमा एक जना व्यक्तिको यस्तै आदत छ । ५० वर्षका मेहमूद बट पछिल्लो २५ वर्षदेखि रुखका पात, घाँस तथा काठ खाएर बाँचिरहेका छन् ।

२५ वर्षअघि गरिबीको कारण घरमा खाने अन्न तथा अन्य खानेकुरा नहुँदा उनले मिठो लाग्ने रुखका पात, घाँस तथा काठहरु खाएर छाक गुजार्थे ।

सडकमा बसेर मागेर खानु भन्दा घाँसपात खाएरै प्राण धान्नु आफुलाई उत्तम लागेकाले त्यसो गरेको उनी बताउँछन् ।

घाँसपात तथा काठले छाक गुजार्दै जाँदा उनको त्यसैमा लत बस्यो । पछि उनले केही कमाई गरे र हातमुख जोर्ने जोहो गर्नसक्ने भए । तर घाँसपात र काठ खाने उनको लत भने छुटाउन सकेका छैनन् ।

उनले अहिले आफ्ना गधा गाडामा सामान ओसार्ने काम गर्छन् र दिनमा ६ सय पाकिस्तानी रुपैयाँ जति कमाउँछन् । तर उनको ध्यान मिठो मिठो खानेकुरा किनेर खानेमा भन्दा पनि कुन रुखमा राम्रा र कलिला पात पलाएका छन् ? कुन रुखको काठ मिठो हुन्छ ? भन्नेमै हुन्छ ।

स्थानीय बासिन्दाका अनुसार गधा गाडामा सामान ओसार्ने काम गरिरहँदा बाटोमा ठाउँठाउँमा गाडा रोकेर उनले रुखका पात तथा काठ टिपेर मुखमा बुजो लगाइरहन्छन् ।

काठ र पात खाने उनी अहिलेसम्म बिरामी पनि परेका छैनन् । अहिलेसम्म कुनै डक्टर तथा अस्पताल जानु परेको छैन उनले । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment