Comments Add Comment

स्टाफ नर्स मञ्जुलाई ‘मिस कल्चर पश्चिमाञ्चल’को उपाधि

गण्डकी मेडिकल कलेज पोखराकी स्टाफ नर्स मञ्जु थापा प्रथम ‘मिस कल्चर पश्चिमाञ्चल-२०१७’ बनेकी छन् । पुष्पाञ्जली फेशन एन्ड इभेन्ट प्रा.लि.ले शनिबार पोखरामा आयोजना गरेको ‘प्रथम मिस कल्चर पश्चिमाञ्चल-२०१७’ उपाधि जितेकी उनले एकथान स्कुटरसहित आकर्षक गिफ्टहृयाम्पर समेत हात पारिन् । उनले बेष्ट हेयरको टाइटल समेत जितिन् ।

प्रतियोगितामा किरण थापा फष्र्ट रनरअप र पुनम गुरुङ सेकेण्ड रनरअप भए । किरणले बेष्ट फोटोजेनिक र पुनमले मष्ट ब्यूटीफुलको टाइटल समेत जिते । त्यस्तै, सरिता तामाङ थर्ड रनरअप र कालिका जीटी फोर्थ रनरअप भए । सरिताले मष्ट हेल्पफूल तथा कालिकाले मष्ट एक्टिभको टाइटल समेत हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment